4 years ago
February 15, 2022
काठमाडौं (हाम्रो खेलकुद) – जावलाखेल युथ क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगतको खेलमा फ्रेन्ड्स क्लबविरुद्ध पहिलो हाफमा ३–१ को अग्रता लिएको छ ।

लोइक एनजिमीको दुई दुई तथा रुप बहादुर लामाको एक गोलमा जावलाखेलले पहिलो हाफमा ३–१ को अग्रता लिन सफल भएको हो । नाथानिल जुडे गार्सियाले एक गोल फर्काएका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा मंगलबार भएको खेलको ११औं मिनेटमा लोइक एनजिमीले गोल गर्दै जावलाखेललाई सुरुवाती अग्रता दिलाए।
निकोलस फर्नान्डेसको फ्रिकिकमा सुरज ज्यू ठकुरीको प्रहारलाई गोलरक्षक बचाएपनि हुल मुलमा लोइकले गोल गर्न सफल भएका थिए । ३९औं मिनेटमा लोइक एनजिमीले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै जावलाखेलको अग्रता दोब्बर पारे । उनले यसपटक पनि निकोलस फर्नान्डेसको पासमा गोल गर्न सफल भएका थिए ।
४३औं मिनेटमा रुप बहादुर लामाले गोल गर्दै जावलाखेललाई पहिलो हाफमा ३–० को अग्रता दिलाए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा नाथानिल जुडे गार्सियाले गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याए ।
फ्रेन्ड्सलाई हराउन सके जावलाखेलको रेलिगेसन चुनौती सकिनेछ । ६ अंक जोडेको फ्रेन्ड्सले ९ अंकसाथ ११ औं स्थानमा रहेको जावलाखेललाई हराए दुवै टोलीले स्थान बदल्नेछन् । यससँगै फ्रेन्ड्सको रेलिगेसन बच्ने सम्भावना पनि हुनेछ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]