4 years ago
February 15, 2022
काठमाडौं (हाम्रो खेलकुद)– मछिन्द्रका फरवार्ड मनिष डाँगी ब्लू क्रस अस्पतालबाट डिस्चार्ज भएकै दिन मंगलबार उनको रेस्क्यूमा व्यवस्थापनमा कुनै कमी नभएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
सहिद स्मारक ए डिभिजन लिगमा शनिबार च्यासल युथ क्लबविरुद्धको खेलको ६६ औं मिनेटमा टाउकोमा चोट लागेर घाइते भएका मनिषको रेस्क्यूमा गरिएका सबै प्रक्रियालाई एन्फाले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो । घटनाकै समयमा डाक्टर नभएपनि एन्फाको मेडिकल टोली, मछिन्द्रका फिजियो र खेलाडीहरुका कारण मनिषलाई होसमा ल्याएर अस्पताल पुर्याएको एन्फाकी फिजियोथेरापिष्ट नविना वैद्य श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी दिइन् ।
जसरी सञ्चारमाध्यममा समाचारहरु आए । त्यसले केहि दुःख पनि लागेको छ । मनिष मैदानमा ढलेको २१ सेकेण्डमा मेडिकल टोली मैदानमा पुगिसकेको थियो । दुई अवस्था टाउकोको चोट र ह्दयघात भएको अवस्थामा रेफ्रीको अनुमति नलिइ पनि मैदान छिर्न मिल्छ । हामीले त्यहि गर्यौं, उनले भनिन् । उनले चोट लागेको अवस्थादेखि मनिषलाई होसमा आएर अस्पताल पठाउँदा सम्मका सबै विषयमा वृस्तित जानकारी दिइएकी थिइन् । खेलको ६६ औं मिनेटमा च्यासलका खेलाडीसँग ठोक्किदा टाउँकोमा चोट लागेर मनिष मैदान ढलेका थिए । उनको चोटको अवस्थाको गम्भिरतालाई हेरेर रेस्क्यूको काम श्रेष्ठले बताइन् ।
‘उनी घाइते भएर ढल्दा मैदानमा फेरि टाउको ठोकिएको थियो । मैदान पुग्दा उनी अचेत अवस्थामा थिए । हातखुट्टा तनक्क पारेका थिए । दाँत किटेका थिए । होस थिएन । च्यासलका खेलाडी यानिक केचोले उनलाई मुखबाट सास फेर्न मिलोस् भनेर दाँत फटाउन सहयोग गरे, श्रेष्ठले भनिन्, ‘सुरज जीले छाती थिच्दै सिपिआर दिन थाल्नु भयो । श्वासप्रश्वास सहज बनाउन मैले मनिषको टाँउको उठाए । त्यो अवस्थामा जे जे गर्नुपर्ने थियो हामीले त्यहि अनुसार काम गरेका छौं। होस आएपछि सावधानीपूर्वक स्ट्रेचरमा पठाएका थियौं । मैले पछि भिडियो भुटेज हेर्दा ३ मिनेट उनी अचेत भएका थिए ।’
रेस्क्यूका लागि भने आफूहरुले कुनै कसर बाँकी नराखेको बताइकी श्रेष्ठले ड्यूटीमा रहेका डाक्टरले आफूलाई तपाई यहाँ सम्हाल्दै गर्नुस् भन्दै वासरुम गएको बताइन् । डाक्टर भइदिएको भए अझै राम्रो हुने थियो, उनले भनिन् । घटनाको समयमा डाक्टर घटनास्थलमा नभएकोमा एन्फाको चर्को आलोचना भएको थियो । लिगमा खटिएका डाक्टर एन्फा मातहत नभई इशारा मार्फत भएकोले संस्थागत रुपमा घटनाका विषयमा बुझ्न पत्राचार गरिएको एन्फा महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए ।

एन्फाका महासचिव इन्द्रमान तुलाधरले फिफा र एएफसीको गाइडलाइन अनुसारको संघले मेडिकल टिम राखिएको बताए । उनले मैदानमा ४ मेडिकल सम्बन्धित व्यक्ति सधै रहने गरेको बताए । ’हामीले खेलाडीको सेफ्टीमा महत्व दिएका छौँ । लिग अघि सबैको मेडिकल गराएका थियौं। बीमा गरेका छौं । लिगमा सुविधासम्पन्न २ एम्बुलेन्स राखेका छौँ,’ महासचिव तुलाधरले भने, ’खेलाडीको स्वास्थ्यको विषय अपनाउनु पर्ने काममा एन्फा चुकेको छैन । फिफाबाट समेत पारदर्शिताको लागि जानकारी हुने गरि आउनु पर्यो भनेर हामीले टेन्डर निकाल्यौं । जस अन्तर्गत इशाराले डाक्टर उपलब्ध गराएको छ । मैदानमा ४ जनाको मेडिकल टोली सधै मैदानमा छन् । एन्फा चुकेको छैन, कतै कमजोरी भयो की भनेर इशारासँग रिपोर्ट मागेका छौँ । यति हुँदा हुँदै पनि हाम्रोतर्फबाट केहि कमजोरी भएमा भविष्यमा सुधार गर्नेछौं।’
तुलाधरले एन्फा खेलाडीको स्वास्थ्यका विषयमा संवेदनशिल रहेको र त्यहि अनुरुपको व्यवस्थापन गरिएको बताए । ‘म लामो समयदेखि एन्फामा आबद्ध छु । कुनै बेला एउटा एम्बुलेसन र विना सामान हुन्थ्यो,’ उनले भने, ‘अहिले दुईवटा एम्बुलेसन फुल इक्विप्ट् छन् । हामी खेलाडीको स्वास्थ्यका विषयमा संवेधनशिल छौं । म आफैले सुरुदेखि नै यसमा चनाखो रहन भन्दै आएको छु ।’ उनले एन्फाको मेडिकल टिमका सबैले फिफा र एएफसीको कोर्ष गरिसकेको बताए ।
डाक्टर राजु डंगोलले डिस्चार्ज भएका मनिषको अवस्था सामान्य रहेको र अर्को साता उनको एउटा परिक्षणपछि कहिलेबाट मैदान फर्कन्छन् भन्ने थाहा हुने बताए । लिग समितिका संयोजक विज्ञानराज शर्माले खेलाडीको स्वास्थ्य र उपचारमा आफूहरु सधै सजग रहेको उल्लेख गर्दै कमजोरी देखिएको ठाँउमा सुधारका लागि तत्पर रहेको बताए ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]