default_image

2 years ago

February 16, 2022

च्याम्पियन्स लिग – इन्टर र लिभरपुल भिड्दै

एजेन्सी – युइएफए च्याम्पियन्स लिग अन्तरगत प्रि–क्वाटरफाइनलको पहिलो लेगमा आज (बुधबार) दुई खेलमा प्रतिस्पर्धा हुँदा इटालियन क्लब इन्टर मिलानले घरेलु मैदानमा इंग्लिस क्लब लिभरपुलको आतिथ्यता गर्दैछ । खेल इन्टरको घरेलु मैदान मिलानोमा नेपाली समयअनुसार राति १ः४५ बजेपछि हुनेछ । घरेलु मैदानमा हुने खेलमा इन्टर पहिलो लेगमा सफललता हात पार्दै दोस्रो लेगको लागि सहज बनाउने लक्ष्यमा […]

37 views

0 Bookmark

एजेन्सी – युइएफए च्याम्पियन्स लिग अन्तरगत प्रि–क्वाटरफाइनलको पहिलो लेगमा आज (बुधबार) दुई खेलमा प्रतिस्पर्धा हुँदा इटालियन क्लब इन्टर मिलानले घरेलु मैदानमा इंग्लिस क्लब लिभरपुलको आतिथ्यता गर्दैछ ।

खेल इन्टरको घरेलु मैदान मिलानोमा नेपाली समयअनुसार राति १ः४५ बजेपछि हुनेछ । घरेलु मैदानमा हुने खेलमा इन्टर पहिलो लेगमा सफललता हात पार्दै दोस्रो लेगको लागि सहज बनाउने लक्ष्यमा मैदानमा उत्रनेछ ।

टोलीसँग इडेन जेको, लोउटारो मार्टिनेज, इभान पेरिसिस, हकान चलहानोग्लु, एलेक्सिस साञ्चेज, मार्सेलो ब्रोजोभिच, आर्टुरो भिडाल, डेन्जेल डमफ्रेज, स्टेफन डि भर्ज, एलेसान्द्रो बास्टोनी, मिलान स्क्रिनिएर र गोलरक्षक समिर हान्डानोभिक रहेका छन् ।

यता, पछिल्लो ९ खेलमा अपराजित रहेको लिभरपुल पनि अवे जित निकाल्दै क्वाटरफाइनलको यात्रालाई सहज बनाउने लक्ष्यमा हुनेछ । साडियो माने, मोहम्मद सलाह, डिएगो जोटा, रोबर्टाे फिर्मिनो, थियागो अलकान्तारा, फविन्हो, जोर्डन हेन्डरसन, एन्ड्रिउ रोबर्टसन, भजिैल भान डाइक, जोएल मटिप, ट्रेन्ट एलेक्सान्डर आर्नाेल्ड, लुइस डियाज, कर्टिस जोन्स र गोलरक्षक एलिसन बेकर रहेका छन् ।

यि दुई टोली २००८ पछि पहिलोपटक तथा समग्रमा पाँचौपटक आमाने–सामाने हुन लागेको हो । २००८ को प्रि–क्वाटरफाइनलको दुवै लेगमा लिभरपुलले जित निकालेको थियो । त्यसअघि १९६५ को युरोपियन कपमा प्रतिस्पर्धा गर्दा दुवै टोलीले समान एक जित निकालेका थिए ।

April 28, 2024

अल नासरको जित

एजेन्सी – साउदी प्रो लिग अन्तर्गत गएराती सम्पन्न खेलमा अल नासर विजयी भएको छ । अल नासरले अल खालिज माथि १-० को जित निकालेको हो । अल नासरको जितमा डिफेन्डर आईमेरीक लापोर्टले खेलको एकमात्र गोल गरे । ६८औं मिनेटमा मार्सेलो ब्रोजोभिचको क्रसमा उनले हेडर मार्फत गोल गर्दै खेलमा आफ्नो टोलीलाई जित दिलाए । जित पछि […]

April 28, 2024

मियामीको जितमा मेस्सीको २ गोल

एजेन्सी – कप्तान लयोनल मेस्सीको प्रभावशाली प्रदर्शनमा इन्टर मियामीले अमेरिकन मेजर लिग सकर एमएलएस) आइतबार सहज जित निकालेको छ। मेस्सीले २ गोल गरेपछि मियामीले घरेलु टोली न्यु इङ्ल्यान्ड रिभोलुसनलाई ४-१ ले हराएको ग हो।पहिलो मिनेटमै कार्लोस गिलको पासमा थोमस चान्कालेले गोल गर्दे न्यु इङ्ल्यान्डलाई सुरुआती अग्रता दिलाए। ३२औं मिनेटमा मेस्सीले गोल गरेपछि पहिलो हाफमा १-१ […]

April 28, 2024

बायर लिभकुसन अझै अपराजित

एजेन्सी – यो सिजन सानदार प्रदर्शन गर्दै जर्मन बुन्डेसलिगाको च्याम्पियन बनिसकेको बायर लेभरकुसेनले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । जाभी अलन्सोको प्रशिक्षणमा गज्जवको प्रदर्शन गरिरहेको बायर लिभरकुसनले बुन्डेसलिगामा शनिबार राति भिएफबी स्टुर्टगार्टसँग २–२ गोलको बराबरी खेल्दै आफ्नो अपराजित यात्रा ४६ खेलसम्म पु¥याएको छ । लिभरकुसनले पछिल्ला तीन खेलमा अन्तिम समयमा गोल गर्दै हार टारिरहेको […]

Success

Thank you for your time.