4 years ago
February 16, 2022
काठमाडौं (हाम्रो खेलकुद) – सुरुवाती अग्रता जोगाउन नसक्दा त्रिभुवन आर्मी फुटबल क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा हिमालयन शेर्पा क्लबसँग बराबरीमा रोकिएको छ । १० खेलाडीमा समेटिएको आर्मीले शेर्पासँग १–१ गोलको बराबरी खेलेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बुधबार भएको खेलमा आर्मीका लागि जर्ज प्रिन्स कार्कीले गोल गर्दा शेर्पाका पिस्टोन मुताम्वाले बराबरी गोल फर्काएका थिए ।
२६औं मिनेटमा जर्जप्रिन्सले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । उनले टेक बहादुर बुढाथोकीको पासमा गोल गर्न सफल भएका थिए । तर, त्यो अग्रतालाई आर्मीले दोस्रो हाफमा जोगाउन सकेन ।
६५औं मिनेटमा मुताम्वा पिस्टोनले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । आशिष गुरुङको पासमा पिस्टोनले मैदानको मध्यभागबाट बल एक्लै अघि बढाउँदै वान भर्सेस वानको स्थितिमा गोल गर्न सफल भएका थिए ।
आर्मीले खेलको अन्तिम समयमा १० खेलाडीमा समेटिएको खेलको अन्त्य गरेको थियो । गोलरक्षक विकेश कुथुले पेनाल्टी बक्सको ठीक बाहिर वान भर्सेस वानको स्थितिमा सुरेश कुमाललाई फउल गरेपछि रेफ्री नविन्द्र महर्जनले विकेशलाई सिर्ध रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएको थियो । अन्तिम समयमा दीपक गुरुङले आर्मीको पोस्ट सम्हालेका थिए ।
यो बराबरीसँगै आर्मी ११ खेलबाट १९ अंक जोडेर तेस्रो स्थानमै यथावत रहँदा दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ । शेर्पा ११ खेलबाट १३ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]