4 years ago
February 16, 2022
काठमाडौं (हाम्रो खेलकुद)– खेलाडीहरुकै कारण लगातार दोस्रो पटक आफू सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन टोलीको प्रशिक्षक बन्न पाएको भन्दै प्रवेश कटुवालले जितको श्रेय खेलाडीलाई दिएका छन् ।
बुधबार सातदोबाटो युथ क्लबलाई १–० ले हराएको मछिन्द्र लिगका आफ्ना बाँकी दुई खेल अघि नै उपाधि रक्षा गर्न सफल भएको थियो । ‘योजना अनुसार नै हामी ११ खेलमा नै च्याम्पियन बनेका छौं,’ उनले भने, ‘खेलाडी, व्यवस्थापक, प्रायोजकलगायतको मेहनतले यो सफलता मिलेको हो ।’
उनले खेलाडीको खुलेर प्रशंसा गरे । उनले थपे, ‘सबैलाई खेलाडीलाई धन्यवाद दिन्छु । प्रदर्शन उनीहरुले गर्ने हो । प्रशिक्षक मात्र केहि होइन । स्टार खेलाडी हुँदा नकारात्मक कुरा नि हुन्छ । तर स्टारहरु हुँदा पनि कहिले नराम्रो भएन । सफलताको श्रेय खेलाडीलाई दिन्छु । च्याम्पियन प्रशिक्षक बनाइदिएकोमा यसको श्रेय खेलाडीलाई दिन्छु ।’
कटुवालले लगातार च्याम्पियन टोली बन्दा एकदमै खुसी लागेको बताए । ‘गत वर्ष पहिलो पटक ए डिभिजन लिग टोली सम्हालेको थिए। यसपटक उपाधि रक्षा गर्न सफल भएका छौं,’ उनले खुसी साटे, ‘यो भन्दा खुसी हुने ठाँउ छैन । सुरुवातबाटै आफूहरु उपाधि रक्षा गर्नेमा विश्वस्त रहेको पनि उनले स्मरण गरे । अरु टोली नराम्रो भएर हामीले जितेको होइन । हामी बढी राम्रो भएर जितेका हौं, उनले जोडे, उपाधि रक्षा गछौं भनेर हामीले सुरुमै भनेका थियौ ।’

सात चरणको समाप्ती पछि नै लिग जित्नेमा आफूहरु बढी आशावादी रहेको कटुवालले स्मरण गरे । ‘७ चरणको समाप्तीमा हामी एएफसी कपका लागि छनोट हुँदा १ अंकले अगाडि रह्यौं,’ उनले थपे, ‘सुरुमा हाम्रा केहि कठिन खेल थिए । त्यसमा सफलता मिलेपछि हामी लिग जित्छौं भन्नेमा थियौं ।’
प्रशिक्षक कटुवालले गत वर्ष भन्दा यसपटक लिग जित्न तुलानात्मक रुपमा सहज भएको अनुभव साटे । ‘गत वर्ष भन्दा यसपटक अझै बलियो टोली छ । फरवार्ड लाइन यसपटक विकल्प धेरै थियो ,’ उनले भने, ‘गत वर्ष उपाधिका लागि १३ औं तथा अन्तिम खेल सम्म कुर्नुपरेको थियो । यसपटक ११ खेलमै च्याम्पियन बन्यौं ।’
उनले मछिन्द्र एएफसी कपको समूह चरण पुग्नेमा आशा राखेका छन् । उनले अन्त्यमा भने, हामी समूह चरण सम्म पुग्छौं भन्ने छ । प्रदर्शनमा सुधार गर्नुपर्नेछ । ब्लु स्टारलाई हल्का लिए पनि आइएसएलको टोलीसँगै खेल्नेसँग खेल्नुपर्ने हुन्छ । हामी सक्षम छौं । अहिलेको टोलीको थोरै परिवर्तन हुन्छ ।
जितसँगै अपराजित रहेको मछिन्द्रको ११ खेलबाट २९ अंक पुगेको छ । मछिन्द्रले ११ खेलमा ९ जित र २ बराबरीको नतिजा निकालेको छ । अब मछिन्द्रले १२औं चरणमा थ्री स्टार र अन्तिम खेलमा नेपाल एपिएफ फुटबल क्लबसँग हार बेहोरेपनि दोस्रो स्थानको टोलीले भेट्नेछैन ।
छैटौ चरणमा उपाधि दावेदार मनाङलाई हराएपछि मछिन्द्रको उपाधि यात्रा थप सहज बनेको थियो । त्यसपछि मछिन्द्रले सातदोबाटोसहित लगातार छैटौ जित दर्ता गरेको छ ।
मछिन्द्रको च्याम्पियन यात्रा
मछिन्द्रविरुद्ध एनआरटी (२–१)
आर्मीविरुद्ध मछिन्द्र (०–०)
जावलाखेलविरुद्ध मछिन्द्र (०–२)
शेर्पाविरुद्ध मछिन्द्र (०–३)
संकटाविरुद्ध मछिन्द्र (०–०)
मनाङविरुद्ध मछिन्द्र (०–१)
पुलिसविरुद्ध मछिन्द्र (०–१)
मछिन्द्रविरुद्ध फ्रेन्ड्स (१–०)
बिबिसीविरुद्ध मछिन्द्र (०–४)
मछिन्द्रविरुद्ध च्यासल (१ –०)

December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]