4 years ago
February 17, 2022
काठमाडौं (हाम्रो खेलकुद)– खेलाडीहरुको एकजुटताकै कारण मछिन्द्र फुटबल क्लब सहिद स्मारक ए डिभिजन लिगको उपाधि जित्न सफल भएको कप्तान सुजल श्रेष्ठले बताएका छन् ।

दशरथ रंगशालामा बुधबार सातदोबाटो युथ क्लबलाई १–० ले हराएको मछिन्द्र लिगका आफ्ना बाँकी दुई खेल अघि नै उपाधि रक्षा गर्न सफल भएको थियो । ‘लिग जितेका छौं । खुसी छौं । टिमले लिग भर राम्रो खेल्यो । सबैलाई गर्व छ,’ उनले भने, ‘खेलाडी एकजुट छौं । त्यसैका कारण जित्न सफल भएका हौं ।’
मछिन्द्रमा जस्तो एकजुट आफूले अन्य कुनै क्लबमा नदेखेको पनि सुजलले पोष्ट म्याच कन्फ्रेन्समा बताए । उनले थपे, ‘मैले धेरै टिमबाट खेलिसकेको छु । मैले यहाँ जस्तो एकजुटताको महसुस अहिले सम्म गरेको थिएन।’ सुजलले लिग जित्ने मुख्य आधार मनाङ- मर्स्याङ्दी क्लबलाई हराएपछि तय भएको बताए । ‘पहिलो खेल एनआरटीसँग थियो । कठिन रुपमा जित्यो । दोस्रो खेल त्रिभुवन आर्मी फुटबल क्लबसँग बराबरी खेल्यौं,’ उनले भने, ‘मनाडसँगको नतिजाले सबै सिनारियो चेन्ज भयो ।’

लिग अवधिको अनुभवलाई सुजलले यसरी अर्थ लगाए, ओभरअल जर्नी संघर्षपूर्ण तर अविस्मरणीय रह्यो । सुजलसहित विशाल राई र गोलकिपर लगातार चौथो पटक लिग विजेता टोलीको सदस्य बनेका छन् । पछिल्लो दुई पटक मछिन्द्रको टोलीका सदस्य रहेका यि तीन खेलाडीले त्यसअघि दुई पटक लगातार मनाङ च्याम्पियन बनाएका थिए ।
मछिन्द्रमा स्टार खेलाडीहरु भएपनि एकआपसमा कहिल्यै समस्या नभएको पनि सुजलले सुनाए । ‘स्टार खेलाडी भएपनि एकले अर्काको रिस गरेनौं,’ उनले भने, ‘सबैले एकअर्कालाई साथ दिएर खेल्यौं।’ जितसँगै अपराजित रहेको मछिन्द्रको ११ खेलबाट २९ अंक पुगेको छ । मछिन्द्रले ११ खेलमा ९ जित र २ बराबरीको नतिजा निकालेको छ ।

अब मछिन्द्रले १२औं चरणमा थ्री स्टार र अन्तिम खेलमा नेपाल एपिएफ फुटबल क्लबसँग हार बेहोरेपनि दोस्रो स्थानको टोलीले भेट्नेछैन । दोस्रो स्थानको मनाङको २० अंक छ । छैटौ चरणमा उपाधि दाबेदार मनाङलाई हराएपछि मछिन्द्रको उपाधि यात्रा थप सहज बनेको थियो । त्यसपछि मछिन्द्रले सातदोबाटोसहित लगातार छैटौ जित दर्ता गरेको छ ।
मछिन्द्रको च्याम्पियन यात्रा
मछिन्द्रविरुद्ध एनआरटी (२–१)
आर्मीविरुद्ध मछिन्द्र (०–०)
जावलाखेलविरुद्ध मछिन्द्र (०–२)
शेर्पाविरुद्ध मछिन्द्र (०–३)
संकटाविरुद्ध मछिन्द्र (०–०)
मनाङविरुद्ध मछिन्द्र (०–१)
पुलिसविरुद्ध मछिन्द्र (०–१)
मछिन्द्रविरुद्ध फ्रेन्ड्स (१–०)
बिबिसीविरुद्ध मछिन्द्र (०–४)
मछिन्द्रविरुद्ध च्यासल (२–०)
मछिन्द्रविरुद्ध सातदोबाटो (१ –०)

December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]