4 years ago
February 19, 2022
काठमाडौं (हाम्रो खेलकुद) – जमोल एन्थोनी फ्रान्कोइसको दुई गोलमा फ्रेन्ड्स क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा च्यासल युथ क्लबविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ ।

पहिलो हाफमा फ्रेन्ड्सले २–० को अग्रता लिन सफल भएको छ । उनले खेलको ३८ र ४३औं मिनेटमा गोल गर्न सफल भएको थियो ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलको १६औं मिनेटमा मोहित गुरुङको प्रहार आकासियो ।
२०औं मिनेटमा कप्तान नाथानिल जुडे गार्सियाको फ्रिकिक पोस्टनजिकैबाट बाहिरिदा फ्रेन्ड्स अग्रता लिनबाट चुक्यो । २२औं मिनेटमा राजीव लोप्चनको प्रहार क्रसबारमा लागेर फर्कदा च्यासल अग्रता लिनबाट चुक्यो ।
अभिषेक लिम्वुको लामो थ्रु बललाई अषिम भुषालले हेडरमार्फत क्लियर गर्ने प्रयास गरेपनि राम्ररी क्लियर हुन नसक्दा अभिषेककै प्रहारलाई गोलरक्षक राहुल रामचन्द्र यादवले पञ्च गर्दा राजीवको प्रहार क्रसबारमा लाग्दै फर्किएको थियो ।
३८औं मिनेटमा जमोल एन्थोनी फ्रान्कोइसले गोल गर्दै फ्रेन्ड्सलाई १–० को अग्रता दिलाए । रोनेल एन्थोनी पउलको लामो पासलाई कप्तान नाथानिल जुडे गार्सियालाई हेडमार्फत मिलाइदिएको पासमा फ्रान्कोइसले अभिषेक लिम्बुलाई बिट गर्दै गोलरक्षक प्रदीप भण्डारी अघि बढेको अवस्थामा खाली पोस्टमा गोल गर्न सफल भएका थिए ।
४३औं मिनेटमा जमोल एन्थोनी फ्रान्कोइसले पेनाल्टीमा व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै फ्रेन्ड्सको अग्रता दोब्बर पारे । ४१औं मिनेटमा अभिषेक लिम्बुले पेनाल्टी बक्समा जमोल एन्थोनी फ्रान्कोइसलाई फउल गरेपछि रेफ्री प्रज्वल क्षेत्रीले फ्रेन्ड्सलाई पेनाल्टी प्रदान ग¥यो । जसमा उनी आँफैले गोल गर्दै फ्रेन्ड्सको अग्रता दोब्बर पारे ।
रेलिगेसन टार्न दुवै टोलीलाई यस खेलमा स्पष्ट जितको खाँचो छ । पराजित हुने टोलीलाई रेलिगेसनको दवाव बढ्नेछ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]