default_image

4 years ago

February 19, 2022

च्यासल रेलिगेसनमा, फ्रेन्ड्सलाई राहत

168 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – रेलिगेसन ब्याटलमा फ्रेन्ड्स क्लबसँग हार बेहोर्दै च्यासल युथ क्लब यो सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिगबाट रेलिगेसनमा पर्ने पहिलो टोली बनेको छ ।

शनिबार फ्रेन्ड्ससँग २–१ को हार बेहोर्दै च्यासल लिगको एक खेल बाँकी छँदै शीर्ष डिभिजनबाट घटुवा भएको हो । च्यासल शीर्ष डिभिजनको तेस्रो सिजनमै रेलिगेसनमा परेको हो । फ्रेन्ड्ससँगको हारपछि च्यासलको १२ खेलबाट ६ अंक छ । अब बाँकी एक खेलमा जित हात पारेपनि च्यासलको रेलिगेसन टर्ने छैन । च्यासलले लिगको अन्तिम खेलमा सातदोबाटोसँग खेल्न बाँकी छ ।

च्यासलमाथिको जितसँगै फ्रेन्ड््सले रेलिगेसन टार्ने सम्भावना बलियो बनाएको छ । फ्रेन्ड्सको १२ खेलबाट १० अंक पुगेको छ । एक खेल कम खेलेको जावलाखेलको १० तथा पुलिसको ११ अंक छ । एक खेल कम खेलेको ब्रिगेड ब्वाइज क्लब (बिबिसी) को ७ अंक छ ।

फुटबललाई नै आधार बनाएर २०३७ मा स्थापित भएको च्यासलले २०६४ मा ‘सी’ डिभिजनको लागि छनोट चरण खेलेको थियो । छनोटमा सफल भएपछि २०६५ मा ‘सी’ डिभिजनमा बढुवा भएको थियो । २०६६ मा ‘सी’ डिभिजन लिगको उपविजेताको रुपमा च्यासलले ‘बी’ डिभिजनमा बढुवा हुन सफल भएको थियो ।

त्यसको सातवर्षको प्रयासपछि च्यासल २०७२ मा ‘बी’ डिभिजन च्याम्पियन बन्दै शीर्ष डिभिजनमा बढुवा भएको थियो । त्यसपछि एक सिजन खेल्न नपाउने भएपनि २०७४ मा लिग नहुँदा च्यासलले २०७५ मा शीर्ष डिभिजन खेलेको थियो । च्यासलले यो सहित २०७५ को रेलिगेसनविनाको र २०७६ को लिग खेलेको थियो । दुवै सिजनमा च्यासल अंक तालिकामा मध्य टोलीको रुपमा रहेपनि यसपटक रेलिगेसनमा परेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा फ्रेन्ड्सको जितमा जमोल एन्थोनी फ्रान्कोइसले दुई गोल गरे । उनले ६ मिनेटको अन्तरमा दुई गोल गरेका थिए । च्यासलका मौसा एवागानाले एक गोल फर्काएपनि हार टार्न सकेन ।

खेलको १६औं मिनेटमा मोहित गुरुङको प्रहार आकासियो । २०औं मिनेटमा कप्तान नाथानिल जुडे गार्सियाको फ्रिकिक पोस्टनजिकैबाट बाहिरिदा फ्रेन्ड्स अग्रता लिनबाट चुक्यो । २२औं मिनेटमा राजीव लोप्चनको प्रहार क्रसबारमा लागेर फर्कदा च्यासल अग्रता लिनबाट चुक्यो । अभिषेक लिम्वुको लामो थ्रु बललाई अषिम भुषालले हेडरमार्फत क्लियर गर्ने प्रयास गरेपनि राम्ररी क्लियर हुन नसक्दा अभिषेककै प्रहारलाई गोलरक्षक राहुल रामचन्द्र यादवले पञ्च गर्दा राजीवको प्रहार क्रसबारमा लाग्दै फर्किएको थियो ।

३८औं मिनेटमा जमोल एन्थोनी फ्रान्कोइसले गोल गर्दै फ्रेन्ड्सलाई १–० को अग्रता दिलाए । रोनेल एन्थोनी पउलको लामो पासलाई कप्तान नाथानिल जुडे गार्सियालाई हेडमार्फत मिलाइदिएको पासमा फ्रान्कोइसले अभिषेक लिम्बुलाई बिट गर्दै गोलरक्षक प्रदीप भण्डारी अघि बढेको अवस्थामा खाली पोस्टमा गोल गर्न सफल भएका थिए ।

४३औं मिनेटमा जमोल एन्थोनी फ्रान्कोइसले पेनाल्टीमा व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै फ्रेन्ड्सको अग्रता दोब्बर पारे । ४१औं मिनेटमा अभिषेक लिम्बुले पेनाल्टी बक्समा जमोल एन्थोनी फ्रान्कोइसलाई फउल गरेपछि रेफ्री प्रज्वल क्षेत्रीले फ्रेन्ड्सलाई पेनाल्टी प्रदान ग¥यो । जसमा उनी आँफैले गोल गर्दै फ्रेन्ड्सको अग्रता दोब्बर पारे ।

५६औं मिनेटमा मौसा एवागानाले पेनाल्टीमा गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । पेनाल्टी बक्समा गोलरक्षक राहुल रामचन्द्र यादवले राजीव लोप्चनमाथि फउल गर्न पुगेपछि रेफ्री प्रज्वल क्षेत्रीले च्यासललाई पेनाल्टी प्रदान गरेको थियो । इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा विकास मेराग्लियाको क्रसमा कुशल फुयालको फ्रि हेडर गोलरक्षक राहुलको हातमा पुग्दा च्यासल बराबरीबाट चुक्दा रेलिगेसनमै प¥यो ।

च्यासलले लिगको १२ खेलमा १ जित, ३ बराबरी र ८ हार बेहो¥यो । च्यासलले लिगमा एपिएफलाई मात्रै १–० ले हराउन सफल हुँदा एनआरटीसँग १–१ गोलको बराबरी तथा संकटा र बिबिसीसँग समान गोलरहित बराबरी खेलेका थिए । च्यासलले लिगमा थ्री स्टार, आर्मी, जावलाखेल, शेर्पा, मनाङ, पुलिल, मछिन्द्रसँग फ्रेन्ड्ससँग हार बेहो¥यो ।

यो सिजन च्यासलको प्रदर्शन

च्यासलविरुद्ध थ्री स्टार (०–)

च्यासलविरुद्ध एपीएफ (१–०)

च्यासलविरुद्ध एनआरटी (१–१)

च्यासलविरुद्ध आर्मी (०–२)

च्यासलविरुद्ध जावलाखेल (०–१)

शेर्पाविरुद्ध च्यासल (३–१)

संकटाविरुद्ध च्यासल (०–०)

मनाङविरुद्ध च्यासल (५–०)

पुलिसविरुद्ध च्यासल (२–१)

मछिन्द्रविरुद्ध च्यासल (२–०)

बिबिसीविरुद्ध च्यासल (०–०)

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.