4 years ago
February 20, 2022
काठमाडौं (हाम्रो खेलकुद)– जावलाखेल युथ क्लबले हिमालयन शेर्पा क्लबविरुद्ध कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगको पहिलो हाफमा अग्रता लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार पहिलो हाफको समाप्नीमा जावलाखेलले १–० ले अग्रता बनाएको हो ।
१५ औं मिनेटमा रुपबहादुर लामाको गोलमा जावलाखेलले अग्रता बनाएको हो । रुपबहादुरको कर्नरमा सिधै गोलमा परिणत भएको थियो । खेलको पाँचौ मिनेटमा रुप बहादुरको फ्रिकिक पोष्टको माथिबाट बाहिरिदा जावलाखेलले अग्रता लिने मौका गुमाएको थियो । १३ औँ मिनेटमा शेर्पाका कप्तान विश्वास श्रेष्ठको फ्रिकिमा उर्लिच सिवेको हेडर दोस्रो बारको नजिकैबाट बाहिरियो ।
३२ औं मिनेटमा निकोलस फर्नान्डेजको कर्नर प्रहारमा उर्लिचको हेडर पोष्टको थोरैमाथिबाट बाहिरिदा जावलाखेलले अग्रता दोब्बर बनाउने मौका गुमाएको थियो । खेलको ३७ औं मिनेटमा डिबक्स नजिकैबाट जावलाखेलका निकोलसको प्रहार शेर्पाका गोलरक्षक दिप कार्कीले सहजै बचाए । ४० औ मिनेटमा कप्तान विश्वासको फ्रिकिक प्रहार पोष्टको माथिबाट बाहिरिदा शेर्पाले बराबरीको मौका गुमाएको थियो ।
१२ औं चरणको खेल जितेको खण्डमा जावालखेलको रेलिगेसन खतरा लगभग समाप्ती हुनेछ । शेर्पा यसअघि नै ए डिभिजन सुरक्षित छ । ११ खेलमा जावलाखेलको १० अंकका साथ ११ औं स्थानमा छ । शेर्पा १३ औंका साथ नवौं स्थानमा छ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]