default_image

4 years ago

February 20, 2022

मनाङविरुद्ध एनआरटीलाई अग्रता

220 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– मेसुके ओलुमोउको गोलमा न्युरोड टिम (एनआरटी) ले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मनाङ–मर्स्याङदी क्लबविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ ।

एनआरटीले मनाङविरुद्ध पहिलो हाफमा १–० को अग्रता लिन सफल भएको हो । उनले खेलको २६औं मिनेटमा गोल गर्न सफल भएका थिए ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलको १५औं मिनेटमा सनम सोडेम्वा लिम्बुको प्रहारलाई गोलरक्षक अशोक बरालले मुस्किलले नियन्त्रणमा लिए ।

२६औं मिनेटमा मेसुके ओलुमोउले गोल गर्दै न्युरोड टिम (एनआरटी) लाई १–० को अग्रता दिलाए । एरिक विष्टको फ्रिकिकलाई मेसुके ओलुमोउले पेनाल्टी बक्समा पाएको अवसरलाई सदुपयोग गर्दा मनाङका गोलरक्षक अशोक बरालले कुनै प्रतिक्रिया नै जनाउन पाएन ।

३४औं मिनेटमा दीपक राईको क्रसमा कप्तान विमल रानाको हेडर पोस्ट नजिकैबाट बाहिरिदा मनाङ बराबरीबाट चुक्यो । ४२औं मिनेटमा दिनेश राजवंशीको क्रसमा विमलकै हेडरलाई गोलरक्ष कपुजन होनाले डाइभ दिदै बचाए । ४५औं मिनेटमा मेसुकेको प्रहार फ्रान्कलिन कोटेटालाई डिफ्लेक्ट हुँदै बाहिरिदा एनआरटी अग्रता दोब्बर पार्नबाट चुक्यो ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा एडेलाजा सोमिडेको प्रहार दोस्रो बार च्याप्दै थोै बाहिरिदा मनाङ बराबरीबाट चुक्यो ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.