4 years ago
February 21, 2022
काठमाडौं (हाम्रो खेलकुद) – सातदोबाटो युथ क्लबले ब्रिगेड ब्वाइज क्लब (बिबिसी) विरुद्ध कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो हाफमा अग्रता लिएको छ । सातदोबाटोले पहिलो हाफमा २–१ को अग्रता लिन सफल भएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलको तेस्रो मिनेटमा कप्तान मान बहादुर तामाङको क्रसमा सुशिल राईको हेडर पासमा अजायी मार्टिन्सको प्रयासलाई गोलरक्षक गुरुप्रित सिंहले दोस्रो प्रयासमा नियन्त्रणमा लिए ।
१३औं मिनेटमा सुशिल राईले गोल गर्दै सातदोबाटोलाई १–० को अग्रता दिलाए । कप्तान मान बहादुर तामाङको क्रसमा बर्टान्ड इवोडेले नभेटेको बललाई सुशिलले सहजै फिनिस गरेका थिए ।
१६औं मिनेटमा बर्टान्ड इवोडेले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । दोर्जे तामाङको फ्रिकिकमा रुडी जोनाथनको प्रहारलाई क्लियर गर्न नसकेको बललाई बर्टान्डले सहजै फिनिस गरेका थिए ।
१८औं मिनेटमा दीपक राज सिंह ठकुरीले गोल गर्दै सातदोबाटोलाई पुनः २–१ को अग्रता दिलाए । अजायी मार्टिन्सको हेड पासलाई दीपकले अफसाइड बिट ट्याप गर्दै गोलरक्षक गुरुप्रित सिंह अघि बढेको अवस्थामा खाली पोस्टमा जाली चुमाएका थिए । उनको प्रयासलाई दिवकार चौधरीले बचाउने प्रयास गरेपनि सफल हुन सकेन ।
३०औं मिनेटमा प्रशान्त तामाङको फ्रिकिकलाई गोलरक्षक अभिषेक बरालले पञ्च गर्दै बाहिर पठाउँदा बिबिसी बराबरीबाट चुक्यो ।
रेलिगेसन टार्ने सम्भावना जीवितै राख्न बिबिसीलाई जितकै खाँचो छ । सातदोबाटोसँग हार बेहारे बिबिसी रेलिगेसनमा पर्नेछ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]