default_image

4 years ago

February 21, 2022

सातदोबाटोसँगको हारसँगै बिबिसी रेलिगेसनमा

270 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नव प्रवेशी सातदोबाटो युथ क्लबसँग हार बेहोर्दै ब्रिगेड ब्वाइज क्लब (बिबिसी) सहिद स्मारक ‘ए’ डिभिजन लिगबाट रेलिगेसनमा परेको छ ।

सोमबार सातदोबाटोसँग ३–२ को हार बेहोर्दै बिबिसी लिगको एक खेल बाँकी छँदै रेलिगेसनमा पर्ने दोस्रो टोली बनेको हो । यसअघि ललितपुरकै च्यासल युथ क्लब पनि एक खेल बाँकी छँदै रेलिगेसनमा परेको थियो ।

यो सिजन लिगमा बिबिसीले एक खेल बाँकी छँदा १ खेलमा मात्रै जित हात पार्दा ७ हार चार बराबरीको नतिजा निकाल्यो । बिबिसीले पहिलो राउन्डमा एपिएफलाई ३–२ ले पराजित गरेपछि लिगमा जित निकाल्न सकेन ।

२०६१ म शीर्ष डिभिजन खेलेको बिबिसीले यो सिजनसहित ७ सिजन शीर्ष डिभिजन खेलेको छ । बिबिसी तेस्रोपटक रेलिगेसनमा परेको हो । बिबिसी २०६३ र २०६८ मा रेलिगेसनमा परेको थियो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा सातदोबाटोका सुशिल राई, दीपक राज सिंह ठकुरी र निरज चौधरीले गोल गर्दा बिबिसीका बर्टान्ड इवोडे र रोशन राना मगरले बराबरी गोल फर्काएपनि हार टार्न सकेन ।

खेलको तेस्रो मिनेटमा कप्तान मान बहादुर तामाङको क्रसमा सुशिल राईको हेडर पासमा अजायी मार्टिन्सको प्रयासलाई गोलरक्षक गुरुप्रित सिंहले दोस्रो प्रयासमा नियन्त्रणमा लिए । १३औं मिनेटमा सुशिल राईले गोल गर्दै सातदोबाटोलाई १–० को अग्रता दिलाए । कप्तान मान बहादुर तामाङको क्रसमा बर्टान्ड इवोडेले नभेटेको बललाई सुशिलले सहजै फिनिस गरेका थिए ।

१६औं मिनेटमा बर्टान्ड इवोडेले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । दोर्जे तामाङको फ्रिकिकमा रुडी जोनाथनको प्रहारलाई क्लियर गर्न नसकेको बललाई बर्टान्डले सहजै फिनिस गरेका थिए । १८औं मिनेटमा दीपक राज सिंह ठकुरीले गोल गर्दै सातदोबाटोलाई पुनः २–१ को अग्रता दिलाए ।

अजायी मार्टिन्सको हेड पासलाई दीपकले अफसाइड बिट ट्याप गर्दै गोलरक्षक गुरुप्रित सिंह अघि बढेको अवस्थामा खाली पोस्टमा जाली चुमाएका थिए । उनको प्रयासलाई दिवकार चौधरीले बचाउने प्रयास गरेपनि सफल हुन सकेन । ३०औं मिनेटमा प्रशान्त तामाङको फ्रिकिकलाई गोलरक्षक अभिषेक बरालले पञ्च गर्दै बाहिर पठाउँदा बिबिसी बराबरीबाट चुक्यो ।

५१औं मिनेटमा रोशन राना मगरले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । मनोज राईको फ्रिकिकमा रन्दि पौडेलको हेडरलाई गोलरक्षक अभिषेक बरालले राम्रोसँग नियन्त्रणमा लिन नसकेको बललाई खाली रहेका रोशनले सहजै जाली चुमाएका थिए । ८७औं मिनेटमा निरज चौधरीले गोल गर्दै सातदोबाटोलाई ३–२ को रोमाञ्चक जित दिलाए ।

यो हारसँगै बिबिसीको १२ खेलबाट ७ अंक छ । बिबिसीको हारले फ्रेन्ड्स क्लबको पनि रेलिगेसन टरेको छ । बिबिसीलाई हराएको सातदोबाटो १२ खेलबाट १८ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ । सातदोबाटोले थ्री स्टार र संकटालाई पछि पारेको हो ।

यो सिजन लिगमा बिबिसीले एक खेल बाँकी छँदा १ खेलमा मात्रै जित हात पार्दा ७ हार चार बराबरीको नतिजा निकाल्यो । बिबिसीले पहिलो राउन्डमा एपिएफलाई ३–२ ले पराजित गरेपछि लिगमा जित निकाल्न सकेन ।

यो सँगै लिगको ९ खेल बाँकी छँदै च्याम्पियन र रेलिगेसनमा पर्ने टोलीको टुंगा लागेको छ । मछिन्द्र फुटबल क्लब दुई खेल बाँकी छँदै लिग च्याम्पियन बन्दा च्यासल र बिबिसी एक खेल बाँकी रहँदा रेलिगेसनमा पर्ने टोली बनेको छ ।

यो सिजन लिगमा बिबिसीको प्रदर्शन

बीबीसीविरुद्ध एपीएफ (–२)

बीबीसीविरुद्ध एनआरटी (०–०)

बीबीसीविरुद्ध आर्मी (०–१)

जावलाखेलविरुद्ध बीसीसी (०–०)

शेर्पाविरुद्ध बिबिसी (३–१)

संकटाविरुद्ध बिबिसी (३–०)

मनाङविरुद्ध बिबिसी (१–०)

पुलिसविरुद्ध बिबिसी (१–१)

बिबिसीविरुद्ध मछिन्द्र (०–४)

.फ्रेन्ड्सविरुद्ध बिबिसी (५–२)

बिबिसीविरुद्ध च्यासल (०–०)

बिबिसीविरुद्ध सातदोबाटो (२–३)

बिबिसीविरुद्ध थ्री स्टार (खेल्न बाँकी)

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.