4 years ago
February 22, 2022
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय डर्वीमा नेपाल पुलिस क्लब र नेपाल एपिएफ फुटबल क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरी खेल्द अंक बाँडेका छन् । पुलिस र एपिएफले १–१ गोलको बराबरी खेलेको हो ।

पहिलो मिनेटमै पुलिसले अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा पुलिस बराबरीमा रोकिन पुग्यो । खेलमा सम्हालिन नपाउँदै गोल बेहोरेपनि पहिलो हाफमा एपिएफले बराबरी गोल फर्कायन सफल भयो । पुलिसका सुमन लामाले गोल गर्दा एपिएफका प्रदीप लामाले बराबरी गोल फर्काए ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलको २३ सेकेन्डमा सुमन लामाको गोलमा पुलिसले सुरुवाती अग्रता लिन सफल भयो ।कपिल ढकालको लामो पासमा गोलरक्षक युया कुरियामा र एडमा डोम्वियाबीच तालमेल नमिल्दा गोलरक्षक अघि बढेको अवस्थामा एडमाको कमजोर क्लियरेन्सलाई सुमनले बक्स बाहिरबाट खाली पोस्टमा गा्ल गर्न सफल भएका थिए ।
पाँचौ मिनेटमा तेज तामाङको फ्रिकिकमा निर कुमार राईको प्रहार पोस्ट नजिकैबाट बाहिरियो । १६औं मिनेटमा प्रदीप लामाले डि बक्स नजिकैबाट गरेको प्रहार पोस्ट माथिबाट बाहिरिदा एपिएफ बराबरीबाट चुक्यो । २७औं मिनेट रविशंकर पासवानको प्रहारलाई गोलरक्षक युया कुरियामाले पञ्च गर्दै बचाउँदा पुलिस अग्रता दोब्बर पार्नबाट चुक्यो ।
४१औं मिनेटमा प्रदीप लामाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । साजन राईले हेड मार्फत क्लियर गर्न नसकेको बललाई प्रदीपले बक्स बाहिरबाट गरेको प्रहारले जाली चुम्दा गोलरक्षक शत्रुघन कुमार चौधरीले रोक्ने कुनै मौका पाएन ।
५६औं मिनेटमा एपिएफ अग्रता लिनबाट चुक्यो । आशिष लामाले डिबक्स भित्र मिलाइदिएको पासमा अनमार्क रहेका अर्माड विडोउमले प्रहार नै गर्न सकेन । ७३औं मिनेटमा आशिष लामाको प्रहारलाई गोलरक्षक शत्रुघनले पञ्च गर्दै बचाउँदा एपिएफ अग्रता लिनबाट चुक्यो ।
बराबरीपछि एपिएफ १२ खेलबाट १५ अंक जोडेर आठौं स्थानमा तथा पुलिस १२ खेलबाट १२ अंक जोडेर ११औं स्थानमा यथावत रहेको छ । लिग चरणको अन्तिम खेलमा एपिएफले लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबसँग तथा पुलिसले न्युरोड टिम (एनआरटी)सँग खेल्ने तालिका छ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]