4 years ago
February 22, 2022
काठमाडौं (हाम्रो खेलकुद) – संकटा क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय आर्मी क्लबविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ । संकटाले १–० को अग्रता लिन सफल भएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलको १५औं मिनेटमा उत्तम राईले गोल गर्दै संकटालाई १–० को अग्रता दिलाए । सुभास गुरुङको कर्नरमा गौतम श्रेष्ठले नभेटेको बललाई उत्तम राई गरेको हेडर गोलरक्षक विश्वास चौधरीको हातमा लाग्दै गोलमा परिणत भएको थियो ।
२७औं मिनेटमा गोलरक्षक विश्वास चौधरीले दोहोरो बचाउ गर्दा सकटा अग्रता दोब्बर पार्नबाट चुक्यो । टिकाराज गुरुङको पेनाल्टी बक्सबाहिरको प्रहारलाई पञ्च गर्दा रिवाउन्डका उत्तम राईको हेडरलाई विश्वासले पञ्च गर्दै बचाए ।
लगत्तै जर्जप्रिन्स कार्कीको पासमा जगजित श्रेष्ठको प्रहारले पोस्टको दिशा लिन सकेन । ३३औं मिनेटमा सन्तोष तामाङको २५ यार्ड टाढाको फ्रिकिकलाई गोलरक्षक रोहित कार्कीले पञ्च गर्दै बाहिर फाल्दा आर्मी बराबरीबाट चुक्यो । ३४औं मिनेटमा सन्तोष तामाङको प्रहार पोस्ट नजिकैबाट बाहिरियो ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]