4 years ago
February 22, 2022
काठमाडौं (हाम्रो खेलकुद)– झण्डै चार महिना चलेको कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिग यो साता सम्पन्न हुँदैछ । १३ औं तथा अन्तिम चरणका ७ खेल साताका अन्तिम ३ दिनमा सम्पन्न हुनेछ । बिहीबारबाट सुरु हुने अन्तिम चरणका खेल शनिबार सम्पन्न हुनेछ ।

बाँकी ७ मध्ये ४ खेल दशरथ रंगशाला र ३ खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । लिगका ९१ मध्ये मंगलबार सम्ममा ८४ खेल सम्पन्न भइसकेका छन् । एन्फाले मंगलबार सार्वजनिक गरेको खेल तालिका अनुसार फागुन १२ गते एन्फाको मैदानमा रेलिगेसनमा परिसकेको च्यासल युथ क्लबले सातदोबाटो युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । सोही दिन फ्रेन्ड्स क्लब र हिमालयन शेर्पा क्लबबीच दशरथ रंगशालामा खेल हुनेछ ।
फागुन १३ गते जावलाखेल युथ क्लब र संकटा क्लबबीच दशरथ रंगशाला र सोही दिन एन्फामा ए डिभिजनबाट घटुवा भइसकेको ब्रिगेड ब्वाइज क्लबले थ्री स्टार क्लबको सामना गर्नेछ । लिगको अन्तिम दिन फागुन १४ गते शनिबार ३ खेल हुनेछन् । एन्फा मैदानमा न्युरोड टिम एनआरटीले नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
सोही दिन दशरथ रंगशालामा पहिलो खेल त्रिभुवन आर्मी फुटबल क्लबले मनाङ मस्र्याङ्दी क्लबले एकअर्काको सामना गर्नेछन् । त्यसै दिन लिगको अन्तिम खेलमा विजेता मछिन्द्र फुटबल क्लब र नेपाल एपिएफ फुटबल क्लबबीच हुनेछ । पछिल्ला दुई संस्करणमा लिग विजेता र रेलिगेसनमा पर्ने टोलीको टुंगो लागेको थियो । अन्तिम दुई चरणको खेल बाँकी रहँदा मछिन्द्रले लिग उपाधि रक्षा गरेको थियो । त्यस्तै १२ औं चरणमा आइपुग्दा च्यासल र बिबिसी रेलिगेसनमा परेको थियो ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]