4 years ago
February 24, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका डिफेन्डर अनन्त तामाङले इन्डियन सुपर लिग (आइएसएल) क्लब स्पोर्टिङ क्लब इस्ट बंगालसँग औपचारिक रुपमा सम्झौता गरेका छन् । अनन्त आइएसएल क्लबमा अनुबन्धित हुने पहिलो नेपाली खेलाडी बनेका छन् ।

एससी इस्ट बंगालले आफ्नो फेसबुक पेजमार्फत भनेको छ, ‘सिजनको बाँकी अवधिका लागि नेपाली डिफेन्डर अनन्त तामाङसँगको सम्झौता भएको घोषणा गर्दा हामी खुसी छौं। ’ लिगमा दुई खेल बाँकी रहँदा टोली अंक तालिकाको पुछारमा छ । टोलीले अब नर्थ इस्ट युनाइटेड र बेंगलुरु एफसीसँग खेल्न बाँकी छ ।
अनन्तले अनुबन्धन पछि एससी इस्ट बंगालमा आबद्ध हुँदा खुसी लागेको र क्लबलाई सक्दो सहयोग गर्न आफु तयार रहेको बताएका छन् । उनले आफूलाई क्लबमा आबद्ध हुँदा गर्व महसुस भएको समेत बताएका छन् । अनन्त हाल क्वारेन्टिनमा छन् र भोलीबाट प्रशिक्षणमा सहभागी हुने बुझिएको छ । आइएसएलमा ७ दिने अनिवार्य क्वारेन्टिनको प्रावधान रहेको छ ।
गत साता उनको पूर्व क्लब थ्री स्टार क्लबले उनको विदाई गरेको थियो । थ्री स्टारका लागि ए डिभिजन लिग खेल्दा अनन्त गत महिना घाइते भएको थिए । त्यसयता चोटका कारण रिह्याबमा व्यस्त रहँदा गत महिना राष्ट्रिय टोलीको खेल पनि गुमाएका थिए । मौरिससविरुद्ध दशरथ रंगशालामा भएको दुवै खेलमा अनन्त विश्राममा थिए ।

अनन्तले यसअघि स्पेनको मार्बेला युनाइटेडमा प्रशिक्षण गरेका थिए । सुदूरपश्चिम फुटबल क्लबबाट राष्ट्रिय लिग खेल्दै घरेलु फुटबलमा प्रवेश गरेका उनको सन् २०१५ मा साफ यू–१९ च्याम्पियनसिप जित्दा चर्चा सुरु भएको थियो । नेपालले उपाधि जित्दा कार्यवाहक कप्तानका रुपमा विजयी पेनाल्टी प्रहार गरेका उनी त्यसयता नेपालको हरेक सफलतामा साथ रहँदै आएका छन् ।
सन् २०१६ को बंगबन्धु गोल्डकप, १२ औं दक्षिण एसियाली खेलकुद र सोलिडारिटी कपमा उनी टोलीका महत्त्वपूर्ण सदस्य थिए । सन् २०१९ मा १३ औं दक्षिण एसियाली खेलकुदको स्वर्ण जित्दा अनन्तले सानदार प्रदर्शन गरेका थिए । असोजमा साफ च्याम्पियनसिपमा नेपाल उपविजेता बन्दा पनि उनले सबै खेलमा सुरुवात गरेका थिए ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]