4 years ago
February 24, 2022
काठमाडौं (हाम्रो खेलकुद) – हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लबले कतार एअरवेज सहिद स्मारक लिगको आफ्नो अन्तिम खेलमा बराबरी खेल्दै अंक बाँडेका छन् । शेर्पा र फ्रेन्ड्सले १–१ गोलको बराबरी खेलेको हो ।

फ्रेन्ड्सले आत्मघाती गोलबाट अग्रता लिएपनि शेर्पाले अन्तिम समयमा गोल गर्दै टोलीलाई हारबाट जोगाए । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको प्रतिस्पर्धात्मक खेलको दुवै गोल दोस्रो हाफमा भएको थियो ।
२१औं मिनेटमा मुताम्वा पिस्टोनको पासलाई निसेन सुब्बाको कमजोर क्लियरेन्सलाई विसन गुरुङको पेनाल्टी बक्सबाहिरको प्रहारलाई गोलरक्षक आशिष थाडामगरले डाइभ दिदै बचाउँदा शेर्पा अग्रता लिनबाट चुक्यो ।

७३औं मिनेटमा दिवस उराउको आत्मघाती गोलबाट फ्रेन्ड्सले अग्रता लिन सफल भयो । रोनेल एन्थोली पउलको फ्रिकिकलाई दिवसले हेडमार्फत बचाउने क्रममा गोलरक्षक किशोर गिरी झुक्किन पुग्दा बलले जाली चुमेको थियो । ८९औं मिनेटमा विसन गुरुङले गोल गर्दै खेललाई १–१ गोलको बराबरी ल्याउँदै टोलीलाई हारबाट जोगाए ।
यो बराबरीसँगै शेर्पाले लिगको १३ खेलबाट १४ अंक जोड्यो । शेर्पाले ३ जित र समान ५ बराबरी र हारको नतिजा निकाल्यो । फ्रेन्ड्सको १३ खेलबाट ११ अंक जोड्दै १२औं स्थानमा लिगको अन्त्य गरेको छ । फ्रेन्ड्सले लिगमा २ जित, ५ बराबरी र ६ हारको नतिजा निकाल्यो ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]