default_image

2 years ago

February 24, 2022

मार्टिन्सको गोलमा सातदोबाटोको जित

काठमाडौं (हाम्रो खेलकुद) – पहिलो हाफमा अजायी मार्टिन्सले गरेको गोल नै निर्णायक बन्दा सातदोबाटो युथ क्लबले जितसहित कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको अन्त्य गरेको छ । नवप्रवेशी सातदोबाटोले रेलिगेसनमा परिसकेको च्यासल युथ क्लबलाई १–० ले पराजित गर्दै लिगको सुखद अन्त्य गरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बिहीबार भएको खेलको कछैटौं मिनेटमा अजायी […]

91 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पहिलो हाफमा अजायी मार्टिन्सले गरेको गोल नै निर्णायक बन्दा सातदोबाटो युथ क्लबले जितसहित कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको अन्त्य गरेको छ ।

नवप्रवेशी सातदोबाटोले रेलिगेसनमा परिसकेको च्यासल युथ क्लबलाई १–० ले पराजित गर्दै लिगको सुखद अन्त्य गरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बिहीबार भएको खेलको कछैटौं मिनेटमा अजायी मार्टिन्सले गोल गर्दै सातदोबाटोलाई सुरुवाती अग्रता दिलाएका थिए ।

पिटर सेगुनले छिटो गरी दिएको फ्रिकिकलाई सुदिप गुरुङले दिएको चलाखीपूर्ण पासमा अफसाइड बिट ट्याप गर्दै मार्टिन्सले सहज फिनिस गरेका थिए । त्यही गोल नै सातदोबाटोको जितमा निर्णायक बन्यो ।

जितसँगै सातदाबाटोको लिगमा १३ खेलबाट २१ अंक पुगेको छ । अब एनआरटी र मनाङले अंक गुमाएको खण्डमा सातदोबाटो लिगमा तेस्रो हुनेछ ।

पहिलोपटक शीर्ष डिभिजन खेलेको सातदोबाटोले लिगमा जाइन्ट किलरको छवि बनाउँदा ६ जित, ४ बराबरी र ३ हारको नतिजा निकाल्यो । पराजित च्यासल ६ अंक जोडेर लिगमा पुछारमा रह्यो । च्यासलले लिगमा १३ खेल खेल्दा १ जित, ३ बराबरी र ९ हारको नजिता निकाल्यो ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.