default_image

4 years ago

February 24, 2022

लिग र प्रतियोगिता निर्देशकबाट मिश्रको राजीनामा !

209 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक ए डिभिजन लिग सकिन ३ दिन बाँकी रहँदा सञ्जिव मिश्रले अखिल नेपाल फुटबल संघ (एन्फा) को लिग निर्देशक र प्रतियोगिता निर्देशकबाट राजीनामा दिएका छन् ।

अध्यक्ष कर्मा छिरिङ शेर्पालाई सम्बोधन गरिएको राजीनामा पत्र मिश्रले एन्फा महासचिव इन्द्रमान तुलाधरलाई मंगलबार बुझाएका हुन् । झण्डै चार वर्ष लिग निर्देशकका रुपमा काम गरेका मिश्रले सो पदबाट राजीनामा गरेको यो दोस्रो पटक हो । यसअघि अध्यक्ष शेर्पाको अनुरोधमा मिश्रले राजीनामा फिर्ता गरेका थिए ।

महासचिव तुलाधरले मंगलबार मिश्रले आफूलाई राजीनामा पत्र बुझाएको बताएका छन् । ‘उहाँले व्यक्तिगत कारण देखाउँदै लिग र प्रतियोगिता निर्देशकको पदबाट राजीनामा दिनुभएको छ । त्यो अहिले पनि मैसँग छ,’ उनले भने, ‘अध्यक्ष ज्यूलाई सम्बोधन राजीनामा पत्र लेख्नुभएको छ ।’

एन्फामा पूर्व सहायक महासचिवको जिम्मेवारी निर्वाह गरिसकेका मिश्रलाई वर्तमान कार्यसमितिले २०७५ असार २९ गते लिग निर्देशकका रुपमा नियुक्त गरेको थियो । एन्फा कार्यसमितिको २०७५ असार १२ गते बसेको बैठकले मिश्रलाई लिग निर्देशकका रुपमा मनोनयन गरेको थियो ।

कुनै समय ए डिभिजन क्लबमा रहेको काठमाडौं क्लबको लामो समय अध्यक्ष र व्यवस्थापक रहेका मिश्र २०६३ देखि लगातार एन्फामा विभिन्न भूमिकामा सक्रिय रहँदै आएका छन् । यसअघिको कार्यसमितिमा सहायक महासचिव एवंम् कार्यवहाक प्रवक्ता समेत रहेका मिश्रले प्रतियोगिता निर्देशक र विकास निर्देशकका रुपमा समेत काम गरिसकेका छन् । जारी ए डिभिजन लिग शनिबार सम्पन्न हुँदैछ ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.