default_image

4 years ago

February 25, 2022

डोनाको गोलमा थ्री स्टार हारबाट जोगियो

192 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – इन्ज्युरी समयको थप गरिएको अन्तिम मिटेमा मिडफिल्डर डोना थापाको गोलमा रुस्लान थ्री स्टार क्लब कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको अन्तिम खेलमा रेलिगेसनमा परिसकेको ब्रिगेड ब्वाइज क्लब (बिबिसी) सँगको हारबाट जोगिएको छ ।

थ्री स्टारले बिबिसीसँग १–१ गोलको बराबरी खेलेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शुक्रबार भएको खेलमा बिबिसीका प्रशान्त तामाङले गोल गर्दा थ्री स्टारका डोना थापाले बराबरी गोल फर्काए । दुवै गोल दोस्रो हाफमा भएको थियो ।

५६औं मिनेटमा प्रशान्त तामाङले गोल गर्दै बिबिसीलाई सुरुवाती अग्रता दिलाए । गोलरक्षक एन्जल श्रेष्ठले रिलिज गरेको बलमा थ्री स्टारका कप्तान अशोक खवास र राफयल रिम झुक्किन पुग्दा प्रशान्तले बल अघि बढाउँदै वान भर्सेस वानको अवस्थामा दोस्रो बार च्याप्दै गोल गर्न सफल भएका थिए ।

इन्ज्युरी समयको थप गरिएको छैटौं मिनेटमा डोना थापाले गोल गर्दै थ्री स्टारलाई हारबाट जोगाए । उनले अन्सुमाना क्रोमाहको पासमा वान टचमा फिनिस गरेका थिए । बराबरीसँगै थ्री स्टारले लिगमा १३ खेलबाट १९ अंक जोडेर छैटौं स्थानमा लिगको अन्त्य गरेको छ ।

बिबिसी १३ खेलबाट ७ अंक जोडेर १३औं स्थानमा रह्यो । रेलिगेसनमा पर्दा बिबिसीको यो सबैभन्दा कम अंक तथा थ्री स्टार लिग इतिहासमा पहिलोपटक शीर्ष चारमा पर्न सकेन ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.