4 years ago
February 25, 2022
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) का लिग र प्रतियोगिता निर्देशक पदबाट सञ्जिव मिश्रले दिएको राजीनामा शुक्रबार फिर्ता लिएका छन् । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र महासचिव इन्द्रमान तुलाधरको अनुरोधपछि मिश्र राजीनामा फिर्ता लिन राजी भएका हुन् ।
‘एन्फा चाँडै बी डिभिजन लिग सुरु हुँदैछ, सी डिभिजनलगायत अन्य प्रतियोगिता आयोजना गर्नुपर्नेछ । निर्वाचन पनि चाँडै हुँदैछ,’ महासचिव तुलाधरले भने,‘यस्तो समयमा राजीनामा दिएर प्रतियोगिताहरु प्रभावित हुन्छन् । तपाईको सहयोग आवश्यक छ । राजीनामा फिर्ता लिदिनुस् भनेर अध्यक्ष ज्यू र मैले अनुरोध गर्यौं । त्यसमा उहाँ राजी हुनुभयो ।’
फुटबलमा भएका सबै व्यक्तिहरुको आवश्यकता रहेको र कोहि पनि अलग भएर नजोओस् भन्नका लागि नै आफूहरुले अनुरोध गरेको तुलाधरले प्रष्ट पारे । ‘फुटबल सिमित व्यक्तिले सञ्चालन गर्ने खेल होइन । यसका लागि धेरै जनशक्तिको आवश्यकता पर्दछ, उनले थपे,‘त्यसमाथि मिश्र जी लामो समयदेखि आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै आउँनुभएको छ । एन्फामा उहाँको आवश्यकता छ, हामीले उहाँलाई त्यहि भनौं । त्यसमा उहाँ मान्नुभयो ।’
एन्फाकै केहि पदाधिकारी र सदस्यहरुको व्यक्तिगत रुपमा नकारात्मक टिका टिप्पणीपछि मिश्रले मंगलबार अध्यक्षलाई सम्बोधन गर्दै महासचिव तुलाधारलाई राजीनामा बुझाएका थिए । ‘म कुनै जिम्मेवारीमा रहेपनि नरहेपनि फुटबलबाट अलग कहिल्यै हुन्न,’ राजीनामा फिर्ता लिएपछि मिश्रले भने,‘तर, नकारात्मक टिप्पणीले सधै उहि मानसिकतामा काम गर्न सकिदैन त्यसलैले मैले अहिलेको जिम्मेवारीबाट अलग हुने निर्णय गरेको थिए ।’
शनिबार हुने ए डिभिजन लिगको समापनका अवसरमा अनौपचारिक छलफलका क्रममा अध्यक्ष शेर्पा र महासचिव तुलाधरले मिश्रलाई राजीनामा फिर्ता लिन आग्रह गरेका थिए । ‘अध्यक्ष र महासचिव ज्यूले तपाईको राजीनामा अहिले स्वीकृति हुँदैन । तपाई आफ्नो जिम्मेवारी निर्वाह गर्नुस् हाम्रो पूरा सहयोग रहन्छ भन्नुभयो,’ उनले भने,‘उहाँहरुको आग्रहलाई स्वीकार गर्दै म पुरानो जिम्मेवारीलाई निरन्तरता दिन तयार भएको हुँ ।’
एन्फाले झण्डै चार वर्षअघि लिग र प्रतियोगिता निर्देशकका मिश्रलाई नियुक्त गरेको थियो । मिश्रले यसअघि पनि पदबाट राजीनामा दिएका थिए । त्यति बेला पनि अध्यक्ष शेर्पाको अनुरोधमा मिश्रले राजीनामा फिर्ता गरेका थिए । एन्फामा पूर्व सहायक महासचिवको जिम्मेवारी निर्वाह गरिसकेका मिश्रलाई वर्तमान कार्यसमितिले २०७५ असार २९ गते लिग निर्देशकका रुपमा नियुक्त गरेको थियो । एन्फा कार्यसमितिको २०७५ असार १२ गते बसेको बैठकले मिश्रलाई लिग निर्देशकका रुपमा मनोनयन गरेको थियो ।
कुनै समय ए डिभिजन क्लबमा रहेको काठमाडौं क्लबको लामो समय अध्यक्ष र व्यवस्थापक रहेका मिश्र २०६३ देखि लगातार एन्फामा विभिन्न भूमिकामा सक्रिय रहँदै आएका छन् । यसअघिको कार्यसमितिमा सहायक महासचिव एवंम् कार्यवहाक प्रवक्ता समेत रहेका मिश्रले प्रतियोगिता निर्देशक र विकास निर्देशकका रुपमा समेत काम गरिसकेका छन् ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]