default_image

4 years ago

February 26, 2022

अन्जनको गोलमा मनाङलाई अग्रता

168 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक ए डिभिजन लिगको अन्तिम दिन शनिबार त्रिभुवन आर्मी क्लबविरुद्धको पहिलो हाफमा मनाङ मस्र्याङ्दी क्लबले अग्रता लिएको छ । दशरथ रंगशालामा जारी खेलको पहिलो हाफको अन्तिम मिनेटमा कप्तान अन्जन विष्टले गोल गरेका थिए ।

पुजन उपरकोटीको कर्नरमा दीनेश राजवंशीले हेड गरेको बललाई आर्मीका गोलकिपर विकेश कुथुले पन्च गरे त्यहि रिबाउन्डमा अन्जनले नजिकबाट गोल गरेका थिए । आएको बलमा बल हुलमुलको बीचबाट अन्जनले गोल गरेका हुन् । जारी लिगमा अन्जनको यो पाँचौं गोल हो । दोस्रो स्थानका लागि यो खेल दुवै टोलीका लागि महत्वपूर्ण रहेको छ । १२ औं खेलको समाप्तीमा दोस्रो स्थानमा रहेको आर्मीको २२ र पाँचौं स्थानको मनाङको २० अंक छ ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.