default_image

4 years ago

February 26, 2022

मनाङसँग बराबरी खेल्दै लिगमा आर्मीको दोस्रो स्थान पक्का

259 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी फुटबल क्लबले पनि लगातार दोस्रो पटक दोस्रो स्थानमा रहँदै सहिद स्मारक ए डिभिजन लिगको अन्त्य गरेको छ । लिगको अन्तिम दिन शनिबार दशरथ रंगशालामा मनाङ मस्र्याङ्दी क्लबसँग १–१ को बराबरी खेल्दै आर्मीले दोस्रो स्थान पक्का गरेको हो । यसअघि २०७६ मा भएको लिगमा पनि आर्मी दोस्रो भएको थियो ।

१३ खेलको समाप्तीमा आर्मीले २३ अंक जोड्दै दोस्रो स्थान पक्का गरेको हो । न्यू रोड टिम एनआरटीले पनि शनिबार अर्को खेलमा नेपाल पुलिस क्लबलाई २–१ ले हराउँदै आर्मीसँग समान २३ अंक बनाएको थियो । तर हेड टु हेडका आधारमा आर्मी दोस्रो र एनआरटी तेस्रो भएको हो । २१ अंक जोडेको सातदोबाटो युथ क्लब चौथो र २१ मनाङ पाँचौं स्थानमा रहेको छ ।

दोस्रो हाफमा आत्मघाती गोलबाट आर्मीले खेलमा बराबरी गरेको थियो । ७६ औं मिनेटमा सन्तोष तामाङलेको फ्रिकिकमा फ्रयान्कलिन र अशोक बराल ठोक्किदा उनीहरुलाई लागेर बल आत्मघाती गोल भएको थियो । त्यसअघि मनाङले कप्तान अन्जन विष्टको गोलमा अग्रता लिएको थियो । पुजन उपरकोटीको कर्नरमा दीनेश राजवंशीले हेड गरेको बललाई आर्मीका गोलकिपर विकेश कुथुले पन्च गरे त्यहि रिबाउन्डमा अन्जनले नजिकबाट गोल गरेका थिए ।

लिगमा अपराजित दुई टोली मध्येको एक आर्मीले १३ मध्ये ५ खेलमा जित र ८ खेलमा बराबरी गरेको थियो । यो लिगमा आर्मी सबै भन्दा बढी बराबरी खेल्ने टोली हो । मछिन्द्र फुटबल क्लबले ११ औं चरणमा नै लिग जितेको थियो । १२ खेल सम्म अपराजित रहेको मछिन्द्रले आज हुने लिगको अन्तिम खेलमा एपिएफ फुटबल क्लबको सामना गर्नेछ ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.