4 years ago
February 26, 2022
काठमाडौं (हाम्रो खेलकुद)– न्यूरोड टिम (एनआरटी) ले तेस्रो स्थानमा रहँदै सहिद स्मारक ए डिभिजन लिगको अन्त्य गरेको छ । अन्तिम दिन शनिबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा नेपाल पुलिस क्लबलाई ३–१ ले हराउँदै एनआरटीले तेस्रो स्थान पक्का गरेको हो ।

१३ औं चरणको समाप्तीमा आर्मी र एनआरटीले समान २३ अंक जोडेका थिए । आर्मीले दशरथ रंगशालामा मनाङसँग १–१ को बराबरी खेल्दै दोस्रो स्थान पक्का गरेको हो । एनआरटी तेस्रो स्थानमा रह्यो । हेड टु हेडका आधारमा आर्मी दोस्रो र एनआरटी तेस्रो भएको हो । २१ अंक जोडेको सातदोबाटो युथ क्लब चौथो र २१ मनाङ पाँचौं स्थानमा रहेको छ ।
एनआरटीका लागि मेसुके ओलुमोउले ह्याट्रिक गरेका थिए । पुलिसका लागि रवि पासवानले गोल गरेका थिए । खेलमा अग्रता भने पुलिसले लिएको थियो । १२ औं मिनेटमा रवि पासवानको गोलमा पुलिसले अग्रता बनाएको थियो ।
दोस्रो हाफको सुरुवातमै गोल गर्दै एनआरटी खेलमा फर्किएको थियो । मेसुकेले ४७ औं मिनेटमा बराबरी गोल फर्काएका थिए । मेसुकेले नै अर्को गोल ६२ औं मिनेटमा गरेका थिए । मेसुकेले ८३ औं मिनेटमा अर्को गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । यो लिगमा ह्याट्रिक गर्ने उनी तेस्रो खेलाडी बने । यसअघि सातदोबाटोका अजायी माट्रिन्स र मनाङका ओलावाले अफिजले ह्याट्रिक गरेका थिए ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]