4 years ago
February 27, 2022
काठमाडौं (हाम्रो खेलकुद)– दशक लामो खेल जीवनमा लिगमा सय खेल भनेको खासै धेरै नभएको सहिद स्मारक ए डिभिजन लिगका उत्कृष्ट गोलकिपर विशाल श्रेष्ठले बताएका छन् ।

लगातार मछिन्द्र फुटबल क्लबलाई लिग च्याम्पियन बनाउने क्रममा टोलीको पोष्ट सम्हालेका विशालले उत्कृष्ट गोलकिपर चुनिएपछि भने, ‘सय खेल भन्दा धेरै जस्तो लाग्छ । तर खासै त्यो धेरै होइन, सामान्य हो । मैले खेल्न थालेकी १०-१२ वर्ष भयो । खेल्दै जाँदा सय , दुई सय खेल हुन्छ । तर लिग नै निरन्तर भएको छैन । निरन्तर लिग भएको भए यो भन्दा धेरै हुन्थ्यो ।’
शनिबार सम्पन्न लिगको १२ औं चरणमा थ्री स्टार क्लबविरुद्ध खेल्दै विशालले लिगमा व्यक्तिगत सय खेल पूरा गरेका थिए । मछिन्द्रलाई यसपटक च्याम्पियन बनाउने क्रममा विशालले सबै खेलमा सुरुवात गरे । पहिलो र १३ औं तथा अन्तिम खेलमा समान १ गोल खाएका विशालले बाँकी ११ खेलमा भने क्लिन सिट राखेका थिए ।
उनले भने, ‘टिमले सुरुवातदेखि राम्रो खेल्यौं । अपराजित रहँदै लिग जित्यौं । त्यो ठूलो उपलब्धी हो ।’
विशालसहित मछिन्द्रका सुजल श्रेष्ठ र विशाल राईले दुई फरक क्लबबाट लगातार चौथो पटक लिग जितेका हुन् । उनले खुसी साटे, ‘दुई फरक क्लबबाट ४ पटक जित्दा खुसी छौं ।’ यसअघि उनीहरुले मनाङ मर्स्याङ्दी क्लबबाट पनि लगातार लिग उपाधि जितेका थिए ।

उनले लिगमा आफ्नो तर्फबाट सबै खेलमा उत्कृष्ट खेल्ने प्रयास गरेको जनाउँदै भने, ‘तथापी तुलानात्मक रुपमा सातदोबाटोविरुद्धको खेल राम्रो भएको थियो ।’
गोलकिपरको जीवनमा क्लिन सिटको अर्थ हुने भएपनि त्यो भन्दा ठूलो टोलीको जित महत्वपूर्ण हुने विशालले बताए । ‘क्लिन सिट भन्दा नि जित्ने रणनीति हो’, उनले भने, ‘प्रशिक्षकले जतिले पनि पहिलो गोल नखाने भन्ने गर्नुहुन्थ्यो । गोल त हामी ९० मिनेटमा जसरी गछौं भन्ने थियो । त्यहि कुरालाई लिएर खेलेका थिए ।’
यसपटक लिगमा विशालले १३ खेलमा पुरा १ हजार १ सय ७० मिनेट नै मैदानमा बिताएका थिए ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]