default_image

2 years ago

February 28, 2022

डर्टमुन्ड बराबरीमा रोकियो

एजेन्सी – सुरुवाती अग्रता जोगाउन नसक्दा बोरुसिया डर्टमुन्ड जर्मन बुन्डेसलिगामा बराबरीमा रोकिएको छ । डर्टमुन्ड घरेलु टोली अग्सवर्गसँग १–१ गोलको बराबरीमा रोकिएको हो । डब्लुडब्लुके एरिना अग्सवर्गमा आइतबार राति भएको खेलमा डर्टमुन्डका थोर्गन हाजार्डले गोल गर्दा घरेलु टोलीका लागि नोआ जोइल सारेनरेन बाजीले बराबरी गोल फर्काए । ३५औं मिनेटमा थोर्गन हाजार्डको गोलबाट डर्टमुन्डले सुरुवाती अग्रता […]

113 views

0 Bookmark

एजेन्सी – सुरुवाती अग्रता जोगाउन नसक्दा बोरुसिया डर्टमुन्ड जर्मन बुन्डेसलिगामा बराबरीमा रोकिएको छ । डर्टमुन्ड घरेलु टोली अग्सवर्गसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

डब्लुडब्लुके एरिना अग्सवर्गमा आइतबार राति भएको खेलमा डर्टमुन्डका थोर्गन हाजार्डले गोल गर्दा घरेलु टोलीका लागि नोआ जोइल सारेनरेन बाजीले बराबरी गोल फर्काए ।

३५औं मिनेटमा थोर्गन हाजार्डको गोलबाट डर्टमुन्डले सुरुवाती अग्रता लिन सफल भयो । उनले मामुद दाहुदको पासमा गोल गर्न सफल भएका थिए । तर, त्यो अग्रतालाई डर्टमुन्डले दोस्रो हाफमा जोगाउन सकेन । ७८औं मिनेटमा नोआ जोइल सारेनरेन बाजीले गोल गर्दै डर्टमुन्डलाई जितबाट वञ्चित गराउँदा आफ्नो टोलीलाई हारबाट जोगाए ।

यो बराबरीसँगै दोस्रो स्थानमा रहेको डर्टमुन्डको उपाधि होडमा धक्का लागेको छ । बराबरीले डर्टमुन्ड शीर्षस्थानको बायर्न म्युनिखसँग ८ अंकले पछि परेको छ । डर्टमुन्डको ५० तथा बायर्नको ५८ अंक छ । अग्सवर्ग २३ अंक जोडेर १५औं स्थानमा रहेको छ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.