4 years ago
March 2, 2022
सुबास हुमागाईं, काठमाडौं
सहिद स्मारक ए डिभिजन लिगमा कुल ९१ खेल भए । हरेक क्लबले १३ खेल खेल्दा लिग अवधिभर मात्र ७ खेलाडीले पुरै समय मैदान बिताएका थिए । तर लिगमा दर्ता भएर पनि बेन्चमै रहेका खेलाडी पनि छन् । अझ केही खेलाडी त लिगका सबै १३ खेलमा बेन्चमा रहेर पनि मैदान प्रवेश गर्न पाएनन् ।

लिग अन्तर्गत टिम लिस्टमा नाम आएर पनि खेल्न नपाउनेमा ९ गोलरक्षक र १४ आउटफिल्ड खेलाडीसहित कुल २३ जना छन् । त्यसमध्य ४ गोलरक्षक र एक खेलाडीले त सबै १३ खेलमा बेन्चमा नाम रहेर पनि मैदान प्रवेश गर्न पाएनन् । वैकल्पिक गोलरक्षकको भूमिकामा रहेका मछिन्द्रका सूर्य अधिकारी, संकटाका अजय महर्जन, पुलिसका संजित श्रेष्ठ र थ्री स्टारका रोशन गुरुङले १३ खेलमा बेन्चमा रहेपनि मैदान प्रवेश गर्ने अवसर जुरेन । त्यस्तै सातदोबाटो युवा क्लबका डिफेन्डर स्यान्सु भुसाल पनि १३ खेलमा नै बेन्चमा बसिरहे ।
लिगमा २७ सेकेन्डमै खेलाडी परिवर्तन भएको दुर्लभ इतिहास पनि बन्यो । मनाङ मर्स्याङ्दी क्लब र नेपाल एपिएफ क्लबबीचको खेलमा खेल सुरु भएको २७ सेकेन्डमै नाइजेरियन फरवार्ड ओलावाले अफिजले मैदान छाडे । मनाङका प्रशिक्षक राजेन्द्र तामाङको अनुसार वार्मअपका क्रममा आफिजले चोट बोकेपछि उनलाई परिवर्तन गरिएको थियो । उनको स्थानमा नितिन थापा मैदान प्रवेश गरेका थिए ।

त्यसो त वार्म अपका क्रममा खेलाडी घाइते हुँदा टोलीले खेल सुरु हुनुअघि नै खेलाडी परिवर्तन गर्न पाउने प्रावधान छ । वार्मअप गर्ने क्रममा खेलाडी घाइते भएको खण्डमा टोलीले अर्को खेलाडीलाई मैदान प्रवेश गराउन पाउँछ । यसले टोलीको खेलका क्रममा ५ खेलाडी परिवर्तन गर्ने कोटामा असर पर्दैन तर घाइते भनिएका खेलाडी त्यसपछि खेलमा सहभागी हुन पाउँदैनन् । उक्त खेलमा मनाङले उक्त नियम अनुसार नै खेलाडी परिवर्तन गर्न खोजेपनि म्याच कमिस्नर रहेका उपेन्द्रमान सिंहले परिवर्तन गर्न दिएनन् ।
म्याच कमिस्नरको गल्ति लिगको अरु खेलमा पनि देखियो । लिग च्याम्पियन मछिन्द्र क्लब र नेपाल पुलिस क्लबको खेलमा म्याच कमिस्नर गौरिमान राई चुकेका थिए । खेलको सुरुवातमा जारी गरिएको खेलाडी सुचिमा पुलिसको खेलाडी सुचिमा सौजन राईको नाम थिएन । म्याच कमिस्नरले नै सदर गरेको खेलाडी सुचिमा नभएका सौजन ८५ औं मिनेटतिर मैदान प्रवेश गर्न फोर्थ अफिसियलको स्थानमा गए । उनको नाम नभएपछि पुन: फर्किए । पुलिसका अफिसियलले आफूले बुझाएको खेलाडी सुचिमा सौजनको नाम देखाएपछि उनलाई ८८ औं मिनेटमा मैदान प्रवेश गराइयो । र अन्त्यमा एन्फाले खेलपछि दिएको म्याच रिपोर्टमा कपिल ढकालको नाम हटाएर सौजनको नाम राख्दै रिपोर्ट पेस गर्यो ।

त्यसो त राईको सोही प्रकृतिको अर्को गल्ति लिगको अन्त्यतिर पनि देखियो । गौरिमान राई ड्युटीमा रहेको खेलमा खेलाडी सुचिमा नाम नै नभएका बीबीसीका रन्दिप पौडेल थ्री स्टारविरुद्ध खेलमा मैदान प्रवेश गरे । थ्री स्टारले त्यसबारे जानकारी पाएपछि खेल केहीबेर रोकिन पुग्यो । रेफ्री श्याम दनुवारले रन्दिपलाई बाहिर पठाएपछि खेल सुचारु भयो । इन्ज्युरी समयको तेस्रो मिनेटसम्म १-० ले अघि रहेको बिबिसी रन्दिप बाहिरीएको केहिबेरमा नै गोल खाँदै १-१ को बराबरी खेल्न बाध्य भयो । खेलपछि एन्फाले पठाएको म्याच रिपोर्टमा भने रन्दिपको नाम सुचिमा उल्लेख गरिएको छ । सायद खेलपछि थपेको भएर हुनुपर्छ, हतारमा उनको नाम लेखेको फन्ट पनि अरुभन्दा फरक छ, वा भनौं विशेष छ ।
उक्त घटनापछि गोल गरेका डोना थापाले पनि खुसियाली मनाउने क्रममा गरेको व्यवहारका कारण पहेंलो कार्ड पाए । गोल गरेपछि माझि औंला देखाउँदै आपत्तिजनक ढंगले खुसी मनाएका उनलाई रेफ्री श्याम दनुवारले पहेंलो कार्ड दिएका थिए ।
यो पनि : जसले लिगको एक मिनेट पनि छुटाएनन्
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]