4 years ago
March 6, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आशिष चापागाईको दुई गोल मद्दतमा चर्च ब्वाइज युनाइटेडले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा लगातार दोस्रो जित दर्ता गरेको छ । चर्च ब्वाइजले खुमलटार युथ क्लबलाई २–० ले पराजित गर्दै लिगमा लगातार दोस्रो जित निकालेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आइतबार भएको खेलमा आशिषले दुवै गोल दोस्रो हाफमा गरेका थिए । ५४औं मिनेटमा आशिषले गोल गर्दै चर्च ब्वाइजलाई १–० को अग्रता दिलाए । उनले आशिष चौधरीको पासमा गोल गर्न सफल भएका थिए ।
७१औं मिनेटमा आशिषले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै चर्च ब्वाइजलाई सहज जित दिलाए । साइनम लिम्बुको फ्रिकिकमा उनले हेडरमार्फत सुन्दर फिनिस गरेका थिए । योसँगै लिगमा उनले दुई खेलबाट ५ गोल पु¥याएका छन् ।

यसअघि चर्च ब्वाइजले टुसाल युथ क्लबमाथि ५–२ को जित दर्ता गर्दा आशिषले ह्याट्रिक पूरा गरेका थिए । खुमलटारले पहिलो हार बेहोरेको हो । यसअघि खुमलटारले पहिलो खेलमा रानी पोखरी कर्नर टिम (आरसिटी) लाई ३–१ ले पराजित गरेको थियो ।
जितसँगै चर्च ब्वाइजको २ खेलबाट ६ अंक पुगेको छ । समान ६ अंक नै रहेपनि टोखा श्री भगवती गोलअन्तरमा दोस्रो स्थानमा रहेको छ । खुमलटारको दुई खेलबाट ३ अंक छ । लिगमा १४ क्लबको सहभागिता रहेको छ । शीर्ष दुई टोली शीर्ष डिभिजनमा बढुवा हुनेछ । पुछारको दुई टोली रेलिगेसनमा पर्नेछ ।
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]