default_image

2 years ago

May 5, 2024

चेल्सीको सानदार जित

717 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आइतबार साँझ चेल्सीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदान स्ट्यामफर्ड ब्रिजमा भएको खेलमा चेल्सीले वेस्ट ह्याम माथि ५-० को फराकिलो जित निकालेको हो ।

उत्कृष्ट लयमा रहेका कोल पालमरले १५औं मिनेटमा चेल्सीलाई अग्रता दिलाएका थिए । दायाँ फ्लान्कबाट खेलिएको क्रस बक्सको मध्यभागमा पालमरका सामू आएपछि उनले बललाई गोलतर्फ प्रहार गरेका थिए ।

३०औं मिनेटमा कनर ग्यालाघरले अग्रता दोब्बर बनाए । बक्स भित्रबाट उत्कृष्ट भली मार्फत गोल गर्दै उनले आफ्नो टोलीलाई दुई गोलको अग्रता दिलाएका थिए । त्यसको ६ मिनेट पछि चेल्सीले तेस्रो गोल गर्यो । थियागो सिल्भाले कर्नर कीकमा गरेको हेडर नोनी मडुएकेले गोललाईन नजिकै बाट गोलमा परिणत गरेका थिए ।

४८औं मिनेटमा निकोलस ज्याक्सनले चेल्सीको चौथो गोल गरे । मडुएकेले खेलेको पासमा ज्याक्सनले सहजै गोल गरेका थिए । ८०औं मिनेटमा ज्याक्सनले व्यक्तिगत दोस्रो गोल गर्दै खेलमा चेल्सीका लागि पाँचौं गोल गरे ।

जित पछि चेल्सी ३५ खेलमा ५४ अंक सहित सातौं स्थानमा उक्लिएको छ । पराजित वेस्ट ह्याम ३६ खेलमा ४९ अंक सहित नवौं स्थानमा छ । सोही समयमा भएको अर्को खेलमा ब्राईटनले एस्टन भिल्लालाई १-० ले पराजित गर्यो । खेलको एकमात्र गोल जोआओ पेड्रोले गरे । प्रिमियर लिगमा आईतवार आज राति ९:१५ बजे लिभरपुल र टोटेनहम भिड्दै छन् ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.