default_image

2 years ago

March 6, 2022

रोनाल्डोको चोटसँगै म्यानचेस्टर युनाइटेड संकटमा

एजेन्सी – इंग्लिस फुटबलकै बहुप्रतिक्षित खेल, म्यानचेस्टर डर्बीअघि म्यानचेस्टर युनाइटेडलाई ठुलो धक्का लागेको छ । क्लबका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो चोटका कारण आइतबार हुने खेलमा अनुपस्थित रहने भएका छन् । यस सिजन युनाइटेडका लागि ३० खेलमा १५ गोल गर्दै सर्वाधिक गोलकर्ता रहेका रोनाल्डोले आज हुने खेल चोटका कारण गुमाउने भएका हुन् । द एथ्लेटिकका अनुसार […]

118 views

0 Bookmark

एजेन्सी – इंग्लिस फुटबलकै बहुप्रतिक्षित खेल, म्यानचेस्टर डर्बीअघि म्यानचेस्टर युनाइटेडलाई ठुलो धक्का लागेको छ । क्लबका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो चोटका कारण आइतबार हुने खेलमा अनुपस्थित रहने भएका छन् ।

यस सिजन युनाइटेडका लागि ३० खेलमा १५ गोल गर्दै सर्वाधिक गोलकर्ता रहेका रोनाल्डोले आज हुने खेल चोटका कारण गुमाउने भएका हुन् । द एथ्लेटिकका अनुसार रोनाल्डोसँगै क्लबका अर्का फरवार्ड एडिन्सन काभानी पनि चोटकै कारण बाहिर रहनेछन् । दुइ अनुभवी खेलाडी नहुँदा युनाइटेडको अग्रपंक्तिमा समस्या देखिएको छ । अब युवा फरवार्ड मार्कस रासफर्डले आक्रमण सम्हाल्ने सम्भावना रहेको छ ।

रोनाल्डोले पछिल्लो केहि समय भने अपेक्षित प्रदर्शन गर्न सकेका छैनन् । सन् २०२२ लागेयता उनले क्लबका लागि १ गोल मात्र गरेका छन् । पछिल्लो १० खेलमध्य उनले वेस्ट ब्रोमविरुद्ध २-० जितमा गरेको एकमात्र गोल हो ।

युनाइटेडले सिटीविरुद्ध हुने महत्त्वपूर्ण खेलमा यसै सिजन रियल म्याड्रिडबाट आएका डिफेन्डर राफाएल भारान र लेफ्ट ब्याक लुक शाको पनि साथ पाउने छैन । दुवै सामान्य चोटका कारण बाहिर रहने अनुमान रहेको छ ।

युनाइटेड लिग तालिकामा चौथो स्थानमा रहेको छ । तर आर्सनल ३ खेल कम खेल्दै २ अंकले पछि छ । युनाइटेडको ४७ अंक रहँदा वेस्ट ह्याम र आर्सनलको समान ४५ अंक छ । सिटी ६६ अंकसहित शीर्ष स्थानमा छ ।

April 28, 2024

अल नासरको जित

एजेन्सी – साउदी प्रो लिग अन्तर्गत गएराती सम्पन्न खेलमा अल नासर विजयी भएको छ । अल नासरले अल खालिज माथि १-० को जित निकालेको हो । अल नासरको जितमा डिफेन्डर आईमेरीक लापोर्टले खेलको एकमात्र गोल गरे । ६८औं मिनेटमा मार्सेलो ब्रोजोभिचको क्रसमा उनले हेडर मार्फत गोल गर्दै खेलमा आफ्नो टोलीलाई जित दिलाए । जित पछि […]

April 28, 2024

मियामीको जितमा मेस्सीको २ गोल

एजेन्सी – कप्तान लियोनल मेस्सीको प्रभावशाली प्रदर्शनमा इन्टर मियामीले अमेरिकन मेजर लिग सकर एमएलएस) आइतबार सहज जित निकालेको छ। मेस्सीले २ गोल गरेपछि मियामीले घरेलु टोली न्यु इङ्ल्यान्ड रिभोलुसनलाई ४-१ ले हराएको हो। पहिलो मिनेटमै कार्लोस गिलको पासमा थोमस चान्कालेले गोल गर्दे न्यु इङ्ल्यान्डलाई सुरुआती अग्रता दिलाए। ३२औं मिनेटमा मेस्सीले गोल गरेपछि पहिलो हाफमा १-१ […]

April 28, 2024

बायर लिभकुसन अझै अपराजित

एजेन्सी – यो सिजन सानदार प्रदर्शन गर्दै जर्मन बुन्डेसलिगाको च्याम्पियन बनिसकेको बायर लेभरकुसेनले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । जाभी अलन्सोको प्रशिक्षणमा गज्जवको प्रदर्शन गरिरहेको बायर लिभरकुसनले बुन्डेसलिगामा शनिबार राति भिएफबी स्टुर्टगार्टसँग २–२ गोलको बराबरी खेल्दै आफ्नो अपराजित यात्रा ४६ खेलसम्म पु¥याएको छ । लिभरकुसनले पछिल्ला तीन खेलमा अन्तिम समयमा गोल गर्दै हार टारिरहेको […]

Success

Thank you for your time.