default_image

2 years ago

March 11, 2022

आर्मी झापा गोल्डकपको फाइनलमा

हिमाल खरेल, झापा त्रिभुवन आर्मी फुटबल क्लब पाँचौं झापा गोल्ड कपको फाइनलमा पुगेको छ । अर्को ए डिभिजन टोली सातदोबाटो युथ क्लबलाई शुक्रबार ४–१ ले हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । आर्मीको जितमा टेकबहादुर बढुाथोकीले २ तथा सुमन आर्याल, सन्तोष तामाङले समान १ गोल गरे । सातदोबाटोका लागि दीपक सिंह ठकुरीले गोल गरेका थिए […]

128 views

0 Bookmark

हिमाल खरेल, झापा

त्रिभुवन आर्मी फुटबल क्लब पाँचौं झापा गोल्ड कपको फाइनलमा पुगेको छ । अर्को ए डिभिजन टोली सातदोबाटो युथ क्लबलाई शुक्रबार ४–१ ले हराउँदै आर्मी उपाधि नजिक पुगेको हो ।

आर्मीको जितमा टेकबहादुर बढुाथोकीले २ तथा सुमन आर्याल, सन्तोष तामाङले समान १ गोल गरे । सातदोबाटोका लागि दीपक सिंह ठकुरीले गोल गरेका थिए । आर्मीका लागि सुरुवाती दुई गोलमा सन्तोष भूमिका रह्यो । पहिलो हाफमा १–१ बराबरीमा टुंगिएको खेलमा दोस्रो हाफमा आर्मीले ३ गोल थपेको थियो ।

बिर्तामोडस्थित डोमालाल राजवंशी मैदानमा सुमन आर्यालको गोलबाट आर्मीले २७ औं मिनेटमा खेलमा अग्रता बनाएको थियो । सन्तोषको फ्रिकिकलाई सुमनले पोष्ट नजिकबाट गोल गरेका हुन् । पहिलो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा सुशिल राईले पेनाल्टी बक्समा निकालेको पासमा दीपकले गोल गर्दै खेललाई १–१ को बराबरीमा पु¥याएका थिए ।

दोस्रो हाफमा आक्रमणलाई तेज बनाएको आर्मीका लागि ५९ औं मिनेटमा सन्तोषले गोल गरेका थिए । टंक बस्नेतले पेनाल्टी बक्समा दिएको पासमा सन्तोषले गोल गरेका हुन् । टेकबहादुरले ३ मिनेटको फरकमा दुई गोल गर्दै आर्मीको जितलाई सहज बनाएका थिए ।

८० औं मिनेटमा टेकबहादुरले व्यक्तिगत पहिलो र टोलीका लागि चौथो गोल गरे । युद्ध शाहीको फ्रिकिकमा नवयुग श्रेष्ठ फ्लिक हेडर गरेपछि टेकबहादुर गोल गरेका हुन् । ८३ औं मिनेटमा कमल थापाको पासमा टेकबहादुरले अर्को गोल थपेका थिए । आर्मीका सन्तोष तामाङको म्यान अफ द म्याच घोषित भए र उनले ९ हजार ९ सय ९९ सय रुपैयाँ प्राप्त गरे ।

यसै महिना सम्पन्न सहिद स्मारक ए डिभिजन लिगमा आर्मी र सातदोबाटोले १–१ को बराबरी खेलेको थियो ।आर्मीले दोस्रो र पहिलो पटक ए डिजिभ लिग खेलेको सातदोबाटो चौथो स्थानमा यसपटकको लिगको अन्त्य गरेको थियो । आर्मील सोमबार हुने फाइनलमा झापा ११ वा संकटा क्लबमध्ये एक टोलीको सामना गर्नेछ । दोस्रो सेमिफाइनल शनिबार हुनेछ । झापा गोल्डकपको विजेताले १२ लाख ५५ हजार र दोस्रो हुने टोलीले ६ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.