default_image

2 years ago

March 25, 2022

धनगढी, ललितपुर र पुलिसको विजयी सुरुवात

चितवन (हाम्रो खेलकुद) – धनगढी उपमहानगरपालिका, ललितपुर र विभागीय नेपाल पुलिस क्लबले राष्ट्रिय महिला लिगमा विजयी सुरुवात गरेका छन् । चितवनमा शुक्रबार भएको खेलमा धनगढीले वालिङ नगरपालिका स्याङ्जालाई ६–० को भारी अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो । धनगढीको फराकिलो जितमा चन्द्रा बस्नेतले ह्याट्रिकसहित चार गोल गर्दा सीमा रावल र अन्जना थुलुङ राईले समान […]

157 views

0 Bookmark

चितवन (हाम्रो खेलकुद) – धनगढी उपमहानगरपालिका, ललितपुर र विभागीय नेपाल पुलिस क्लबले राष्ट्रिय महिला लिगमा विजयी सुरुवात गरेका छन् ।

चितवनमा शुक्रबार भएको खेलमा धनगढीले वालिङ नगरपालिका स्याङ्जालाई ६–० को भारी अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो । धनगढीको फराकिलो जितमा चन्द्रा बस्नेतले ह्याट्रिकसहित चार गोल गर्दा सीमा रावल र अन्जना थुलुङ राईले समान एक गोल गरिन् ।

खेलको १०औं मिनेटमा सीमाको गोलबाट धनगढीले सुरुवाती अग्रता लिएको थियो । ३०औं मिनेटमा चन्द्राले गोल गर्दै धनगढीको अग्रता दोब्बर पारिन् । ३५औं मिनेटमा चन्द्राले व्यक्तिगत दोस्रो तथा टोलीका लाग तेस्रो गोल गरिन् ।

४७औं मिनेटमा चन्द्राले ह्याटिक पुरा गर्दा धनगढी खेलमा ४–० ले अघि बढ्यो । ७०औं मिनेटमा अन्जनाले गोल गरेपछि धनगढीले खेलमा ५–० को अग्रता लिदै फराकिलो जिततर्फ अघि बढ्यो । त्यसपछि चन्द्राले ८३औं मिनेटमा अर्काे गोल थप्दै टोलीको फराकिलो जित पक्का गरिन् ।

यस्तै अर्काे खेलमा ललितपुर महानगरपालिकाले चन्द्रपुर नगरपालिका रौतहटलाई १–० ले पराजित गरेको छ । ललितपुरको जितमा विष्णु साम्वाहाम्फेले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले पाँचौं मिनेटमा गोल गरेकी थिइन् ।

यस्तै अर्काे खेलमा नेपाल पुलिस क्लबले विराटनगर महानगरपालिकालाई २–० ले पराजित गरेको छ । पुलिसको जितमा दुवै गोल निर्मला उपाध्ययले गरिन् । निर्मलाले २५औं र ३३औं मिनेटमा गोल गरेकी थिइन् ।

योसँगै महिला राष्ट्रिय लिगको पहिलो राउन्डको खेल सकिएको छ । दोस्रो राउन्डको खेल आइतबारदेखि सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.