default_image

3 years ago

March 29, 2022

रोनाल्डो भन्छन् – ‘यो जीवनको सबैभन्दा महत्त्वपूर्ण खेल हो’

191 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप २०२२ अन्तर्गत युरोपेली छनोटको प्लेअफ फाइनलमा पोर्चुगलले नर्थ म्यासेडोनियाको सामना गर्दैछ । खेल नेपाली समयअनुसार मध्यरात १२:४५ बजे सुरु हुनेछ ।

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले खेलको पुर्वसन्ध्यामा बोल्दै आजको खेल जीवनको सबैभन्दा महत्त्वपूर्ण खेल रहेको बताएका छन् । ६७ औं वरीयतामा रहेको नर्थ म्यासेडोनियाले युरोपेली च्याम्पियन इटालीलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो । खेलको अन्तिम समयमा गोल हुँदा इटाली १-० ले स्तब्ध बनेको थियो । यता पोर्चुगलले भने टर्कीलाई ३-१ ले हराएको थियो ।

रोनाल्डोका लागि सम्भवत यो अन्तिम विश्वकप हुन सक्छ । अर्को विश्वकप आउँदा उनी ४१ वर्ष पुग्ने भएकाले पनि उनी यो अवसर गुमाउनेबारे सोच्न चाहदैनन् । रोनाल्डोले आफ्नो करियाभर लगातार विश्वकप खेलेका छन् । यसपटक छनोट भए उनले पाँचौ विश्वकप खेल्नेछन् । हालसम्म उनले विश्वकपमा ७ गोल गरेका छन् ।

रोनाल्डोले घरेलु मैदानमा उपस्थित समर्थकलाई टोलीको पछि लाग्न आग्रह गरेका छन् । ‘मैले हिजो राती सुत्नुअघि हाम्रो राष्ट्रिय गान स्पिकरमा होइन, मैदानमा उपस्थित समर्थकले एकसाथ गएको सोचें । यसले हाम्रो लगाव, शक्ति र एकता प्रस्तुत गर्छ । हाम्रो विश्वकप पुग्ने लक्ष्य प्रष्ट पार्छ,’ उनले भने ।

‘हाम्रो लागि यो खेल जीवन र मरणजस्तो हो । यो खेल जित्न ठूलो जिम्मेवारी छ । यो हाम्रो लागि जीवनको सबैभन्दा महत्त्वपूर्ण खेल हो । हाम्रो विपक्षीले अन्य थुप्रै टोलीलाई अचम्मित पारेको छ, तर मलाई विश्वास छ हामीलाई त्यस्तो गर्नेछैनन्,’ रोनाल्डोले थपे ।

रोनाल्डोले सन् २०१६ मा टोलीलाई युरो २०१६ को उपाधिसम्म डोर्याएका थिए । अन्तर्राष्ट्रिय फुटबलका सर्वाधिक गोलकर्ता रोनाल्डो अहिले नै भविष्यबारे सोच्न चाहदैनन् । ‘मेरो भविष्यबारे निर्णय लिने म मात्र हुँ,’ उनले भने, ‘मलाई खेल्न मन लाग्छ भने म खेल्छु । मन लागेन भने खेल्दिन ।’

December 11, 2024

च्याम्पियनसिप लिगमा लिभरपुल र रियलको जित

एजेन्सी – साविक विजेता रियल म्याड्रिड, बार्यन म्युनिख, लिभरपुलले च्याम्पियन्सिप लिगमा मंगलवार जित निकालेका छन् । रियलले अटलान्टालाई ३-२ ले पराजित गर्यो । बार्यनले शख्तर डोनेस्कलाई ५-१ ले हरायो। शीर्ष स्थानकोलिभरपुलले जिरोनालाई १-० ले पराजित गर्यो। १० औं मिनेटमा केलियन एम्बाप्पेको गोलबाट रियलले अग्रता लियो। च्याम्पियन्स लिगमा एमबाप्पेको त्यो ५० औं गोल हो। तर पहिलो […]

December 10, 2024

आहा! रारा पोखरा गोल्ड कपको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने

पोखरा (हाम्रो खेलकुद)- सहारा क्लबको आयोजनामा हुने २४ औं आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने भएको छ । पोखरा रंगशालामा माघ २२ गतेदेखि फागुन ३ गते सम्म आहा रारा पोखरा गोल्ड कपको‌ प्रत्यक्ष प्रसारणका लागि सहारा र खेलकुदको अनलाइन पोर्टल हाम्रो खेलकुदबीच सम्झौता भएको क्लबका महासचिव रामजी प्रसाद अधिकारीले […]

December 10, 2024

एन्फा महिला सुपर लिग अर्को महिना सुरु हुने

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला सुपर लिग अर्को महिना सुरु हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारी र सुपर लिग खेल्ने ५ टोलीका प्रतिनिधिबीच मंगलवार भएको संयुक्त बैठकले पुस १८ देखि माघ १६ गतेसम्म सुपर लिग गर्ने निर्णय भएको एन्फाले जनाएको छ। यसअघि भएको महिला लिगको शीर्ष ५ रहेका मध्ये पाँचौं स्थानमा रहेको […]

Success

Thank you for your time.