4 years ago
April 2, 2022
सुनिल गाउँले, सिमरा
ए डिभिजन टोली न्युरोड टिम (एनआरटी) ले जगदम्बा १२औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सिमरा रंगशालामा शनिबार भएको फाइनलमा अर्को ए डिभिजन टोली एपिएफ फुटबल क्लबलाई ५–० को फराकिलो अन्तरले हराउँदै एनआरटीले उपाधि जितेको हो ।
एनआरटीका लागि मेसुके ओलोमइ र स्टेफन समिरले समान २ गोल र अर्को गोल दीपेश घलेले गोल गरे । वर्षको पहिलो उपाधि जितेको एनआरटीले सिमगरा गोल्डकप जितेको यो पहिलो पटक हो । प्रतिस्पर्धात्मक खेलेको पहिलो हाफमा एनआरटीले गोलको खाता खोलेको थियो। पहिलो हाफमा ईन्जुरी समयमा मेसुकेले फ्रिकिकमा गोल गरेका थिए । दीपेश धिमालले विशाल घलानलाई फाउल गरेपछि एनआरटीले फ्रिकिक पाएको थियो । पेनाल्टी बक्सको बाहिरबाट मेसुकेले गरेको प्रहारले सिधै जाली चुमेको थियो ।
एनआरटीले खेलको ६०औं मिनेटमा दीपेशले दोस्रो गोल गरे । दोस्रो पटक फाइनलमा पुगेर उपविजेतामा सिमित एपीएफले सुरुवात देखि आक्रामक खेल प्रदर्शन गरेपनि टोली फिनिसिङ मा चुकेको थियो । एनआरटीले ७७औं मिनेटमा तेस्रो गोल गरेको थियो । टोलीका लागि स्टेफनले तेस्रो गोल गरेका थिए । झण्डै १० हजार दर्शकको उपस्थिती रहेको रंगशालामा ए डिभिजनका दुई टिमबीचको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको थियो ।
तर एनआरटीले लगातार गोल गर्दै नतिजा आफ्नो पक्षमा पारेको थियो । मेसुकेले ८१औं मिनेटमा अर्को गोल थपे । प्रतियोगितामा त्यो उनको पाँचौ गोल थियो । स्टेफेनले ८९औं मिनेटमा अर्को गोल गरे । स्टेफनको पनि प्रतियोगितामा त्यो छैटौं गोल थियो । एनआरटीले उपाधिसहित १० लाख र एपिएफले ५ लाख रुपैयाँ प्राप्त गर्पो । विजेताले र उपविजेता टोलीका खेलाडीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री प्रेम आलेले पुरस्कृत गरे ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिएका एनआरटीका मेसुकेले एक थान बेनेली मोटरसाईकल प्राप्त गरे । विधागत पुरस्कारतर्फ पनि एनआरटी हावी भयो । एनआरटीका प्रदीप भण्डारी उत्कृष्ट गोलरक्षक, अशोक थापा उत्कृष्ट मिडफिल्डर, स्टेफन उत्कृष्ट फरवार्ड र राजुकाजी शाक्य उत्कृष्ट प्रशिक्षक घोषित भए । एपिएफका राजन गुरुङ उत्कृष्ट रक्षक घोषित भए । प्रतियोगिता ६ गोल गरेका स्टेफन समिरले सर्वाधिक गोलकर्ता बने ।
प्रतियोगिताको उदयीमान खेलाडी आयोजक नव जनजागृति युवा क्लबका सागर चौलागाई घोषित भए । प्रतियोगिताको फेयर प्लेको उपाधि विजय युथ क्लब हटौडाले प्राप्त गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोग र जगदम्बा स्टील्स्को मुख्य प्रायोजनमा चैट १० गते सुरु भएको प्रतियोगितामा ए डिभिजनका ५ र मोफसलका ५ गरि १० टोलीको सहभागिता थियो ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]