default_image

2 years ago

April 3, 2022

म्यानचेस्टर सिटी र लिभरपुलको सहज जित

81 views

0 Bookmark

एजेन्सी – शीर्ष टोली म्यानचेस्टर सिटी र लिभरपुलले इंग्लिस प्रिमियर लिगमा सहज जित हात पारेको छ । शीर्षस्थानको सिटीले बर्नलेलाई उसकै मैदानमा २–० ले पराजित गरेको हो ।

टर्फ मुरमा शनिबार राति भएको खेलमा सिटीको जितमा केभिन डि ब्रुएन र इल्केए गुन्डोगानले गोल गरे । दुवै गोल पहिलो हाफमा भएको थियो ।

खेलको पाँचौ मिनेटमा केभिन डि ब्रुएनको गोलबाट सिटीले सुरुवाती अग्रता लिएको थियो । उनले रहिम स्टर्लिङको पासमा गोल गर्न सफल भएका थिए । २५औं मिनेटमा रहिमकै पासमा इल्केए गुन्डोगानले गोल गर्दै सिटीको अगैता दोब्बर पारे । त्यसपछि थप गोल निस्कन नसक्दा सिटी विजयी हुन सफल भयो ।

यो जितसँगै शीर्षस्थानमा रहेको सिटीको ३० खेलबाट ७३ अंक पुगेको छ । पराजित बर्नले २८ खेलबाट २१ अंक जोडेर १९औं स्थानम रहेको छ ।

लिगकै अर्काे खेलमा उपाधि दौडमा रहेको लिभरपुलले वाट्फोर्डलाई २–० ले पराजित गरेको छ । घरेलु मैदानमा लिभरपुलको जितमा डिएगो जोटा र फाविन्होले गोल गरे ।

एनफिल्डमा शनिबार राति भएको खेलको २२औं मिनेटमा जोटाको गोलबाट लिभरपुलले सुरुवाती अग्रता लियो । उनले जोसेप गोमेजको पासमा गोल गरेका थिए ।

८९औं मिनेटमा फाविन्होले पेनाल्टीमा गोल गर्दै लिभरपुलको जित पक्का गरे । जोटामाथि कुकाले फउल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै लिभरपुललाई पेनाल्टी प्रदान गरेको थियो । जसमा फाविन्हो चुकेनन् ।

यो जितसँगै लिभरपुलले शीर्षस्थानको म्यानचेस्टर सिटीसँगको अंक दुरी १ मै कायम राख्न सफल भएको छ । लिभरपुलको ३० खेलबाट ७२ तथा शीर्षस्थानको सिटीको ७३ अंक छ । पराजित वाट्फोर्ड २२ अंक जोडेर १८औं स्थानमा रहेको छ ।

May 14, 2024

टोटेनहम र म्यानचेस्टर सिटी भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगको २०२३/२४ सिजनको उपाधिका लागि महत्वपूर्ण खेलमा आज म्यानचेस्टर सिटीले टोटेनहम हटस्परको घरेलु मैदानको यात्रा गर्दैछ । खेल आज राति १२:४५ बजे टोटेनहम हटस्पर स्टेडियममा सुरु हुनेछ । लगातार चार पटक उपाधि जित्ने लक्ष्यमा रहेको सिटीलाई आजको खेल जित्नै पर्ने दबाब छ । दोस्रो स्थानमा रहेको सिटी आर्सनल भन्दा १ अंकले […]

May 14, 2024

आरसी ३२ शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – आरसी ३२ फुटबल एकेडेमी जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । अयोग्य खेलाडी खेलाएको भन्दै एन्फाले अंक घटाएपनी मंगलबार भएको खेलमा झम्सिखेल युथ क्लब माथि २-० को जित निकाल्दै आरसी ३२ शीर्ष स्थानमा पुगेको हो । आरसी ३२ का लागि खेलको पाँचौं मिनेटमा सुजन बलाम्पकी मगरले सुरुवाती […]

May 14, 2024

विश्व कप छनोटका लागि प्रारम्भिक टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – विश्व कप छनोटको दोस्रो चरणअन्तर्गत युएइविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको २८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार आफ्नो सामाजिक सन्जालमार्फत टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले मंगलबार प्रारम्भिक टोलीको टोलीको गरेको जनाएको छ । नेपाल र युएइबीच जेठ २४ गते दशरथ […]

Success

Thank you for your time.