default_image

2 years ago

April 4, 2022

टोटेनहमको सानदार पूनरागमन जित

78 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा टोटेनहम हटस्परले सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा एक गोलले पछि परेको स्थिति उल्ट्याएर टोटेनहमले न्युक्यासलमाथि ५–१ को सानदार जित निकालेको हो ।

टोटेनहम हटस्पर स्टेडियममा आइतबार राति भएको खेलमा घरेलु टोलीको जितमा बेन डेभिस, म्याट दोहर्थी, ह्युङ मिन सन, इमर्सन रोयल र स्टेभन वर्गवाइनले गोल गरे । न्यूक्यासलका फावियनको गोल सान्त्वना बन्यो ।

खेलको ३९औं मिनेटमा फावियनको गोलबाट टोटेनहम पछि परेको थियो । ४३औं मिनेटमा बेन डेभिसले ह्युङ मिन सनको पासमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । ४८औं मिनेटमा म्याट दोहर्थीले ह्यारी केनको पासमा गोल गर्दै टोटेनहमलाई २–१ को अग्रता दिलाए ।

५४औं मिनेटमा ह्युङ मिन सनले डिजान कुलुसेभ्स्कीको पासमा गोल गरेपछि टोटेनहम ३–१ ले अघि बढ्यो । त्यसपछि इमर्सन रोयलले ६३औं मिनेटमा तथा ८३औं मिनेटमा स्टेभन वर्गवाइनले गोल गर्दै टोटेनहमको फराकिलो जित सुनिश्चित गरे ।

यो सानदार जितसँगै टोटेनहम ३० खेलबाट ५४ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । समान ५४ अंक नै रहेपनि दुई खेल कम खेलेको आर्सनल पाँचौमा रहेको छ । पराजित न्यूक्यासल ३१ ऋंक जोडेर १५औं स्थानमा रहेको छ ।

May 14, 2024

आरसी ३२ शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – आरसी ३२ फुटबल एकेडेमी जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । अयोग्य खेलाडी खेलाएको भन्दै एन्फाले अंक घटाएपनी मंगलबार भएको खेलमा झम्सिखेल युथ क्लब माथि २-० को जित निकाल्दै आरसी ३२ शीर्ष स्थानमा पुगेको हो । आरसी ३२ का लागि खेलको पाँचौं मिनेटमा सुजन बलाम्पकी मगरले सुरुवाती […]

May 14, 2024

विश्व कप छनोटका लागि प्रारम्भिक टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – विश्व कप छनोटको दोस्रो चरणअन्तर्गत युएइविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको २८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार आफ्नो सामाजिक सन्जालमार्फत टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले मंगलबार प्रारम्भिक टोलीको टोलीको गरेको जनाएको छ । नेपाल र युएइबीच जेठ २४ गते दशरथ […]

May 14, 2024

लिभरपुल बराबरीमा रोकियो

एजेन्सी – जोन डुरानले खेलको अन्त्यतिर २ गोल गरेपछि इंग्लिस प्रिमियर लिगमा सोमबार लिभरपुल एस्टन भिल्लासँग ३-३ को बराबरीमा रोकिएको छ। लिगको‌ उपाधि दौडबाट बाहिरी सकेको लिभरपुलले २ पटकको अग्रतालाई जोगाउन सकेन। दोस्रो मिनेटमा डामिना मार्टिनेजले आत्मघाती गोल गरेपछि लिभरपुलले अग्रता लियो । १२ औं मिनेटमा योरी टेलिमान्सले वले वाटिकन्सको पासमा गोल गर्दै एस्टन भिल्लालाई […]

Success

Thank you for your time.