1 year ago
May 14, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आरसी ३२ फुटबल एकेडेमी जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । अयोग्य खेलाडी खेलाएको भन्दै एन्फाले अंक घटाएपनी मंगलबार भएको खेलमा झम्सिखेल युथ क्लब माथि २-० को जित निकाल्दै आरसी ३२ शीर्ष स्थानमा पुगेको हो ।
आरसी ३२ का लागि खेलको पाँचौं मिनेटमा सुजन बलाम्पकी मगरले सुरुवाती अग्रता दिलाएका थिए ।
दोस्रो गोल भने खेलको अन्त्य तिर आएको थियो । इन्ज्युरी समयमा आशिष लावतीले बक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै जित सुनिश्चित गरे ।
जित सँगै आरसी ३२ को ८ खेलमा १६ अंक भएको छ । बागमती युथ क्लबको पनि १६ अंक भएपनि हेड टु हेड का आधारमा आरसी ३२ शीर्ष स्थानमा उक्लिएको हो ।
एन्फाले अयोग्य खेलाडी खेलाएको कारण आरसी ३२ को ४ अंक घटाएको थियो ।
सि डिभिजन लिगमा बुधवार दुई खेल हुँदै छन् । दिनको पहिलो खेलमा स्वयम्भू क्लब र मनोहरा युनाइटेड एफसी भिड्दा दिनको दोस्रो खेलमा स्पोर्ट्स एकेडेमी साँगा र गोलबजार स्पोर्ट्स क्लब भिड्ने छन् ।
June 14, 2025
एजेन्सी – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले यसै वर्षदेखि नयाँ ढंगले सुरु गर्न लागेको फिफा क्लब विश्वकप शनिबार सुरु हुँदैछ । अमेरिकामा हुने प्रतियोगिताको पहिलो खेल नेपालमा भने स्थानीय समयअनुसार आइतबार विहान ५:४५ बजे सुरु हुनेछ । उद्घाटन खेलमा अल अहली र इन्टर मायमी खेल्नेछन् । सन् २००० देखि फिफाले हरेक वर्ष महादेशीय क्लब प्रतियोगिताको […]
June 14, 2025
एजेन्सी – रियल म्याड्रिडले अर्जेन्टिनाका लागि प्रतिस्पर्धात्मक खेलमा खेलेका सबैभन्दा कान्छा खेलाडी फ्राङ्को मस्तान्तुओनोलाई रिभर प्लेटबाट अनुबन्ध गरेको छ। १७ वर्षीय मस्तान्तुओनोको रिलिज क्लज सक्रिय गरेपछि रिभर प्लेटले ४५ मिलियन युरो प्राप्त गर्ने बताइएको छ। त्यो क्लबको लागि नयाँ कीर्तिमान हो। अट्याकिङ मिडफिल्डर मस्तान्तुओनोले पछिल्ला दुई सिजनमा रिभर प्लेटको पहिलो टोलीमा नियमित रुपमा खेल्दै आइरहेका […]
June 13, 2025
एजेन्सी – म्यानचेस्टर सिटी छाडेका केभिन डे ब्रुइनलेइटालियन क्लब नापोलीमा आबद्ध भएका छन्। बेल्जियमका मिडफिल्डर डे ब्रुइनले प्रिमियर लिग सिजनको अन्त्यसँगै सिटी छाडेका थिए। इटालियन च्याम्पियन नापोलीमा एन्टोनियो कोन्टे प्रमुख प्रशिक्षक छन् । उनले चेल्सी र टोटनहमको पनि नेतृत्व गरिसकेका छन्। इटालीमा फ्रि ट्रान्सफरमार्फत गएका डे ब्रुइनले मेजर लिग सकर क्लब सिकागो फायरको प्रस्ताव अस्वीकार […]