default_image

2 years ago

April 5, 2022

मछिन्द्रविरुद्ध ब्लु स्टारलाई अग्रता

67 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकाको ब्लु स्टार एससीले एएफसी कप छनोटको प्रारम्भिक चरणमा नेपालको लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलको पहिलो हाफमा मोहमेद इसान र सेनाल सन्देशले गोल गरेपछि घरेलु टोली मछिन्द्रविरुद्ध पहिलो हाफमा २–० को अग्रता लिएको हो ।

नवौं मिनेटमा ओमोलाजा नुरेन करिमबाट आएको हेडर बललाई विमल घर्तीमगरले मैदानको मध्यभागबाट एक डिफेन्डरलाई बिट गर्दै दिएको पासमा नुर्लान नोभ्रुजोभको वान भर्सेस वानको प्रहार दोस्रो बार च्याप्दै थोरै बाहिरिदा मछिन्द्र अग्रता लिन चुक्यो ।

१५औं मिनेटमा ब्लु स्टार एससीले पेनाल्टीको अवसर पाएपनि गोलरक्षक विशाल श्रेष्ठले बचाउँदै मछिन्द्रको संकट टारे । देवेन्द्र तामाङले पेनाल्टी बक्समा सेनाल सन्देशलाई फउल गरेपछि रेफ्री युसुफ साइद हसनले श्रीलंकालाई पेनाल्टी प्रदान गरेको थियो । तर, एरेपाडे ओमबेबेको पेनाल्टी प्रहारलाई विशालले बचाए । रिवाउन्डमा सन्देशको प्रहारले पोस्टको दिशा लिन सकेन ।

२४औं मिनेटमा फजलको चलाखीपुर्ण फ्रिकिकमा मोहमेद इसानले गोल गर्दै ब्लु स्टारलाई अग्रता दिलाए । विशाल राईले मोहम्मद असदलाई २८औं मिनेटमा सन्देशले गोल गर्दै ब्लु स्टारको अग्रता दोब्बर पारे । रन्जित धिमालले क्लियर गर्न नसेकेको बललाई सन्देशले नियन्त्रणमा लिदै उत्कृष्ट फिनिस गरेका थिए ।

May 14, 2024

लिभरपुल बराबरीमा रोकियो

एजेन्सी – जोन डुरानले खेलको अन्त्यतिर २ गोल गरेपछि इंग्लिस प्रिमियर लिगमा सोमबार लिभरपुल एस्टन भिल्लासँग ३-३ को बराबरीमा रोकिएको छ। लिगको‌ उपाधि दौडबाट बाहिरी सकेको लिभरपुलले २ पटकको अग्रतालाई जोगाउन सकेन। दोस्रो मिनेटमा डामिना मार्टिनेजले आत्मघाती गोल गरेपछि लिभरपुलले अग्रता लियो । १२ औं मिनेटमा योरी टेलिमान्सले वले वाटिकन्सको पासमा गोल गर्दै एस्टन भिल्लालाई […]

May 13, 2024

क्लब लाइसेन्स पाएसँगै चर्च ब्वाइजले एएफसी प्रतियोगिता खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी क्लब लाइसेन्स पाएसँगै चर्च ब्वाइज युनाइटेडले एएफसि प्रतियोगिता खेल्न बाटो खुलेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार घोषणा गरेसँगै गत सिजनको लिग विजेता चर्च ब्वाइजले महादेशीय प्रतियोगिता खेल्न योग्य भएको हो । एन्फाले सोमबार सार्वजनिक गरेअनुसार चर्च ब्वाइज युनाइटेड र त्रिभुवन आर्मी फुटबल क्लबले आवश्यक मापदण्ड पूरा […]

May 13, 2024

च्याम्पियन पिएसजीको हार

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) किलियन एमबाप्पेको गोलका बाबजुद पराजित भएको छ। फ्रान्सेली च्याम्पियन पिएसजी आइतबार टुलुजसँग ३-१ गोलले पराजित भएको हो । पिएसजी छोड्ने घोषणा गरिसकेका एमबाप्पेले खेलको आठौं मिनेटमा गोल गरेका थिए। तर टुलुजका थिज्स डलिङ्गाबाट १३ औं मिनेटमा बराबरी गोल फर्काए । यान गोबोहोको गोलबाट टुलुजले ६८ औं मिनेटमा अग्रता लिएको […]

Success

Thank you for your time.