default_image

2 years ago

April 5, 2022

इटहरी गोल्डकपमा एनआरटी सगरमाथा युथसँग स्तब्ध

काठमाडौं (हाम्रो खेलकुद)– जीतपुर सिमरा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको तेस्रो दिन ए डिभिजन टोली न्यूरोड टिम (एनआरटी) १२ औ अन्तराष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्ड कप सुनसरीको पहिलो खेलबाटै बाहिरिएको छ । मोरङको सगरमाथा युथ क्लबसँग मंगलबार ३–० ले पराजित हुँदै एनआरटी इटहरी गोल्डकपबाट बाहिरिएको हो । जितसँगै सगरमाथा इटहरी गोल्डकपको सेमिफाइनलमा पुगेको छ […]

180 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– जीतपुर सिमरा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको तेस्रो दिन ए डिभिजन टोली न्यूरोड टिम (एनआरटी) १२ औ अन्तराष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्ड कप सुनसरीको पहिलो खेलबाटै बाहिरिएको छ ।

मोरङको सगरमाथा युथ क्लबसँग मंगलबार ३–० ले पराजित हुँदै एनआरटी इटहरी गोल्डकपबाट बाहिरिएको हो । जितसँगै सगरमाथा इटहरी गोल्डकपको सेमिफाइनलमा पुगेको छ । शनिबार नेपाल एपिएफ फुटबल क्लबलाई हराउँदै एनआरटीले पहिलो पटक सिमरा गोल्ड कपको उपाधि जितेको थियो ।

सगरमाथालाई अन्तिम चारमा पुर्याउन आभाष लामिछानेले २ र अर्को गोल प्रदीप लामाले गरे । आभाषले पहिलो गोल तेस्रो मिनेटमा गरे । प्रदीपले ६९ औं मिनेटमा गोल थपे । आभाषले अर्को गोल ७३ औं मिनेटमा गरे । आभाष खेलेको म्यान अफ दी म्याच चुनिए र उनले १० हजार रुपैयाँ प्राप्त गरे । उनलाई सुन्दरहरौचा नगरपालिका मेयर शिभ ढकालले पुरस्कृत गरे । प्रतियोगिताको पहिलो सेमिफाइनलमा बुधबार त्रिभुवन आर्मी फुटबल क्लबले झापाको रोलिङ फुटबल क्लबको सामना गर्नेछ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.