default_image

2 years ago

April 6, 2022

आर्मी इटहरी गोल्डकपको फाइनलमा

इटहरी (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी फुटबल क्लब इटहरीमा जारी १२औं अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको फाइनलमा प्रवेश गरेका छन् । इटहरी रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा आर्मीले रोलिङ क्लब झापालाई २–१ ले पराजित गर्दै उपाधिनजिक पुगेको हो । आर्मीको फाइनल यात्रामा टेक बहादुर बुढाथोकी र सन्तोष तामाङले गोल गरे । रोलिङका मार्टिनले एक गोल फर्काए […]

199 views

0 Bookmark

इटहरी (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी फुटबल क्लब इटहरीमा जारी १२औं अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको फाइनलमा प्रवेश गरेका छन् ।

इटहरी रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा आर्मीले रोलिङ क्लब झापालाई २–१ ले पराजित गर्दै उपाधिनजिक पुगेको हो । आर्मीको फाइनल यात्रामा टेक बहादुर बुढाथोकी र सन्तोष तामाङले गोल गरे । रोलिङका मार्टिनले एक गोल फर्काए ।

प्रतिस्पर्धात्मक खेलको ५१औं मिनेटमा सन्तोष तामाङको पासमा टेकबहादुर बुढाथोकीले गोल गर्दै आर्मीलाई १–० को अग्रता दिलाए । ९०औं मिनेटमा सन्तोष तामाङले गोल गर्दै आर्मीको अग्रता दोब्बर पारे । त्यसपछि रोलिङका मार्टिनले इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याएपनि टोलीको हार टार्न सकेन ।

आर्मीका टेकबहादुर बुढाथोकी म्यान अफ द म्याच घोषित हुँदै नगद १० हजार हात पारे । बिहीबार मनाङ–मस्र्याङ्दी क्लब काठमाडौं र सगरमाथा युथ क्लब मोरङबीच प्रतिस्पर्धा हुनेछ । बिहीबारको विजेता र आर्मीबीच इटहरी रंगशालामा शनिबार फाइनल खेल छ ।

विजेताले नगद ७ लाख पाउनेछन् । उपविजेताले ३ लाख ५० हजार प्राप्त गर्नेछ । प्रतियोगितामा दुई विदेशीसहित ८ टिमको सहभागिता रहेको छ ।

April 27, 2024

बर्नलीसँग म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – रेलिगेसन जोनमा रहेको बर्नली विरुद्ध बराबरी खेलेको म्यानचेस्टर युनाइटेडले पाँचौं स्थानमा रहेको टोटेनहम हटस्पर सँग अंकदूरी घटाउने मौका गुमाएको छ । इंग्लिस प्रिमियर लिगमा शनिबार भएको खेलमा युनाइटेड र बर्नलीले १-१ को बराबरी खेलेका हुन् । दोस्रो हाफमा नै लिएको अग्रता अन्त्यसम्म बचाउन नसक्दा युनाइटेड बराबरीमा रोकिएको हो । ७९औं मिनेटमा डिफेन्समा भएको […]

April 27, 2024

महालक्ष्मीसँग आयोजक गोदावरी ‘ए’को हार

ललितपुर– गोदावरी नगरपालिकामा प्रथम उपत्यकाव्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिता शनिबारबाट सुरु भएको छ । गोदावरी १० टाहाखेल–झ्यालुन्टारमा अवस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशालामा उद्घाटन खेलमा ललितपुरको महालक्ष्मी नगरपालिकाले आयोजक गोदावरी नगरपालिकाको ए टोलीलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै क्वार्टरफाइनलमा पुगेको छ । निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा टुंगिएपछि खेल सिधै पेनाल्टी सुटआउटमा […]

April 27, 2024

सुदूरपश्चिमको जितमा यशोदाको ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद) – यशोदा चिरालको ह्याट्रिकमा सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा शनिबार बागमती प्रदेशलाई एकपक्षीय खेलमा ६–० ले हराएको छ। छनोटमा सुदूरपश्चिमको यो तेस्रो जित हो । बागमतीको भने यो लगातार चौथो हार हो। सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा सुदूरपश्चिमले आधा दर्जन गोल गर्ने क्रममा यशोदाले २६ औं मिनेटमा गोलको खाता खोलिन् । २९औं मिनेटमा […]

Success

Thank you for your time.