default_image

2 years ago

April 11, 2022

म्यानचेस्टर सिटी र लिभरपुलको रोमाञ्चक बराबरी

150 views

0 Bookmark

एजेन्सी – यो सिजनको इंग्लिस प्रिमियर लिगको फाइनल सरह मानिएको शीर्ष टोली म्यानचेस्टर सिटी र लिभरपुलबीचको खेल बराबरीमा सकिएको छ । सिटी र लिभरपुलले २–२ गोलको रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका छन् ।

सिटीले घरेलु मैदानमा खेलमा दुईपटक अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउनु परेको हो । सिटीका लागि कप्तान केभिन डि ब्रुयन र गाब्रियल जेससले गोल गर्दा लिभरपुलका डिएगो जोटा र साडियो मानेले गोल गरे ।

इतिहाद स्टेडियममा आइतबार राति भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलको पाँचौ मिनेटमा नै घरेलु टोलीले अग्रता लिन सफल भएको थियो । कप्तान केभिन डि ब्रुयनले बर्नाडो सिल्भाको पासमा गोल गर्न सफल भएका थिए । तर, सिटीको त्यो अग्रता लामो समय टिकेन ।

१३औं मिनेटमा डिएगो जोटाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । जोटाले ट्रेन्ट एलेक्सान्डर आर्नाेल्डको पासलाई सदुपयोग गरेका थिए । ३६औं मिनेटमा गाब्रियल जेससले गोल गरेपछि सिटीले पहिलो हाफमा २–१ को अग्रता लिन सफल भयो । उनले जोओ क्यान्सेलोको पासमा गोल गर्न सफल भएका थिए ।

दोस्रो हाफको शुरुमै अर्था ४६औं मिनेटमा साडियो मानेले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । उनले मोहम्मद सलाहको पासमा गोल गर्न सफल भएका थिए । ६३औं मिनेटमा रहिम स्टर्लिङले गोल गरेपनि अफसाइड ठहदिा गोलले मान्यता नपाउँदा सिटीले अग्रता लिन सकेन । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा सकियो ।

यो बराबरीसागै दुवै टोलीको उपाधि जित्ने सम्भावना रहेको छ । शीर्षस्थानको सिटीको ३१ खेलबाट ७४ तथा समान खेलबाटै लिभरपुलको ७३ अंक रहेको छ ।

अन्य नतिजा
ब्रेन्टफर्ड
विरुद्ध वेस्ट ह्याम (–०), लेस्टरविरुद्ध क्रिस्टल प्यालेस (–१) र नर्विचविरुद्ध बर्नले (–०)

May 14, 2024

लिभरपुल बराबरीमा रोकियो

एजेन्सी – जोन डुरानले खेलको अन्त्यतिर २ गोल गरेपछि इंग्लिस प्रिमियर लिगमा सोमबार लिभरपुल एस्टन भिल्लासँग ३-३ को बराबरीमा रोकिएको छ। लिगको‌ उपाधि दौडबाट बाहिरी सकेको लिभरपुलले २ पटकको अग्रतालाई जोगाउन सकेन। दोस्रो मिनेटमा डामिना मार्टिनेजले आत्मघाती गोल गरेपछि लिभरपुलले अग्रता लियो । १२ औं मिनेटमा योरी टेलिमान्सले वले वाटिकन्सको पासमा गोल गर्दै एस्टन भिल्लालाई […]

May 13, 2024

क्लब लाइसेन्स पाएसँगै चर्च ब्वाइजले एएफसी प्रतियोगिता खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी क्लब लाइसेन्स पाएसँगै चर्च ब्वाइज युनाइटेडले एएफसि प्रतियोगिता खेल्न बाटो खुलेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार घोषणा गरेसँगै गत सिजनको लिग विजेता चर्च ब्वाइजले महादेशीय प्रतियोगिता खेल्न योग्य भएको हो । एन्फाले सोमबार सार्वजनिक गरेअनुसार चर्च ब्वाइज युनाइटेड र त्रिभुवन आर्मी फुटबल क्लबले आवश्यक मापदण्ड पूरा […]

May 13, 2024

च्याम्पियन पिएसजीको हार

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) किलियन एमबाप्पेको गोलका बाबजुद पराजित भएको छ। फ्रान्सेली च्याम्पियन पिएसजी आइतबार टुलुजसँग ३-१ गोलले पराजित भएको हो । पिएसजी छोड्ने घोषणा गरिसकेका एमबाप्पेले खेलको आठौं मिनेटमा गोल गरेका थिए। तर टुलुजका थिज्स डलिङ्गाबाट १३ औं मिनेटमा बराबरी गोल फर्काए । यान गोबोहोको गोलबाट टुलुजले ६८ औं मिनेटमा अग्रता लिएको […]

Success

Thank you for your time.