default_image

2 years ago

April 19, 2022

लिभरपुल र म्यानचेस्टर युनाइटेड भिड्दै

134 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिग अंन्तरगत आज (मंगलबार) राति महत्वपूर्ण खेलमा मर्सिसाइड क्लब लिभरपुलले घरेलु मैदानमा म्यानचेस्टर युनाइटेडको आतिथ्यता गर्दैछ ।

निकै नै महत्वपूर्ण मानिएको खेलमा एनफिल्डमा नेपाली समयअनुसार राति १२ः४५ बजे सुरु हुनेछ । शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीसँग १ अंकले मात्रै पछि रहेको लिभरपुल युनाइटेडलाई हराउँदै शीर्षस्थानमा उक्लने दाउँमा हुनेछ ।

प्रिमियर लिगमा गत डिसेम्बरमा लेस्टर सिटीसँग घरेलु मैदानमा १–० ले पराजित भएयता लिभरपुलले पराजय बेहोरेको छैन । च्याम्पियन्स लिगमा भने इन्टर मिलानसँग हार बेहोरेको थियो । युनाइटेडमाथि गत अक्टोवरमा ५–० को फराकिलो जित निकालेको लिभरपुल सोही जितको लयलाई कायम राख्दै लगातार जित निकाल्ने लक्ष्यमा हुनेछ ।

युनाइटेडलाई आउँदो सिजन च्याम्पियन्स लिगमा छनोट हुने सम्भावनालाई जिवितै राख्न लिभरपुलविरुद्ध अंक जोड्न आवश्यक छ । यो सिजन कमजोर लयमा रहेको युनाइटेडलाई लिभरपुलविरुद्ध जित निकाल्न कठिन हुनेछ ।

यसअघि क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकमा नर्विच सिटीलाई ३–२ ले पराजित गरेको युनाइटेडका लागि रोनाल्डो नै हतियार बन्ने सम्भावना छ । तर, जुम्ल्याहा सन्तानमध्ये एक सन्तान गुमाएका रोनाल्डोले खेल्ने नखेल्नेमा दुविधा रहेको छ ।

चौथो स्थानमा रहेको टोटेनहमसँग ३ अंकले पछि रहेको म्यानचेस्टर युनाईटेडले आउदो सिजन च्याम्पियन्स लिगमा सहभागिता जनाउनका लागि हरेक खेल जित्नु पर्ने दबाब रहेको छ ।

युनाईटेडविरुद्ध पछिल्ला ५ प्रिमियर लिगका खेलमा ४ मा जित र एकमा बराबरी गरेको लिभरपुल आज पनि सोही लक्ष्यलाई निरन्तरता दिने प्रयासमा रहेको छ । प्रिमियर लिगमा लिभरपुलविरुद्ध लगातार सात खेलमा जितविहीन रहेको युनाईटेडले पछिल्लोपटक २०१८ मा २–१ ले खेल आफ्नो पक्षमा पारेको थियो ।

May 15, 2024

चन्द्रगढी सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोडचन्द्रगढी भेट्रान्स एफसी बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको खेलमा झापाको झिलझिले भेट्रान्स एफसीलाई ४–२ गोल अन्तरले पराजित गर्दै चन्द्रगढी अन्तिम चारमा प्रवेश गरेको हो । खेलको आठौँ मिनेटमा झिलझिलेका कुमार जोशीले गोल गर्दै टिमलाई अग्रता दिलाए पनि चन्द्रगढीले गोल […]

May 15, 2024

एकता स्पोर्टिङ क्लबले मनायो एएफसी ग्रासरुट दिवस

हिमाल खरेल, बिर्तामोडझापाको बिर्तामोडमा रहेको एकता स्पोर्टिङ क्लबले किशोर खेलाडीहरुबीच ११ औं एएफसी ग्रासरुट दिवस मनाएको छ । क्लबले आदर्श मैदान एकेडेमी अफ स्पोर्टसको सहकार्यमा बिर्तामोड २ बेलडाँगीमा रहेको फुटबल टे«निङ सेन्टरमा ग्रासरुट दिवस मनाएको हो ।फुटबलको विकास ग्रासरुटबाट हुन आवश्यक छ भन्ने अवधारणाका साथ क्लबले दिवस मनाएको अध्यक्ष किरण पौडेलले जानकारी दिए । क्लबले […]

May 15, 2024

रियल म्याड्रिडको सानदार जित

एजेन्सी – लिग उपाधि जितिसकेको रियल म्याड्रिडले लालिगा अन्तर्गत गएराती सम्पन्न खेलमा देपोर्तिभो अलाभेस माथि सानदार जित दर्ता गरेको छ । रियलले अलाभेस माथि ५-० को फराकिलो जित निकालेको हो । खेलको १०औं मिनेटमा जुड बेलिङ्घमले रियाललाई अग्रता दिलाएका थिए । बक्स भित्रबाट उनले खेलेको क्रस गोलमा परिणत भएको थियो । २७औं मिनेटमा भिनिसियस जुनियरले […]

Success

Thank you for your time.