default_image

2 years ago

April 19, 2022

लिग संयोजक शर्माको राजीनामा अस्वीकृत

78 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– लिग संयोजकबाट विज्ञानराज शर्माले दिएको राजीनामालाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले अस्वीकृत गरेको छ ।


‘एन्फाको निर्वाचन घोषणा भइसकेका र ए,बी, सी मध्ये सी डिभिजन प्रतियोगिता गर्न बाँकी रहेकोले तपाईहरुको राजीनामा अस्वीकृति गरिएको जानकारी गराइन्छ,’ शर्माले दिएको राजीनामा पत्रमा अध्यक्ष कर्मा छिरिङ शेर्पाले महासचिवलाई सम्बोधन गर्दै लेखेका छन् ।

‘ए र बी डिभिजन मेरो नै संयोजकत्वमा भयो । सी डिभिजन गर्न बाँकी छ त्यसमा एन्फाले सञ्चालनका लागि आग्रह गर्दै राजीनामा अस्वीकृत गरेको छ, शर्माले भने,‘ सी डिभिजन लिग सञ्चालनका लागि म तयार भएको हु । फुटबल गतिविधि नरोकियोस् भन्ने उद्देश्यका साथ जिम्मेवारीमा फर्कन तयार भएको हुँ ।’

नैतिकता र दोहोरो जिम्मेवारीका कारण पदमा बस्न उपयुक्त नभइरहेको भन्दै शर्माले फागुन २० गते पदबाट राजीनामा दिएका थिए । नेपाल सुपर लिग (एनएसएल) टोली काठमाडौं रेजर्सको निर्देशक समेत रहेका शर्माले एनएसएलको दोस्रो संस्करणका लागि अक्सन भएकै दिन राजीनमा गरेका थिए ।

अहिले तत्काल एनएसएल पनि नरहेको र फुटबल गतिविधि पनि जारी रहोस् भन्ने उद्देश्यले पुरानो जिम्मेवारीलाई निरन्तरता दिन तयार भएको उल्लेख गर्दै शर्माले थपे,‘ कामका दौरान कुनै कन्फ्लिक अफ इन्ट्रेस्ट देखिने अवस्था आयो भने म रहन्न । हिजो एन्फा पदाधिकारीसँग बैठक पनि थियो । मैले आफ्नो कुरा उहाँहरुलाई प्रष्ट राखेको छु ।’

एन्फाले सी डिभिजन लिग वैशाख ९ गते देखि सञ्चालन गर्दैछ । चैत २९ गतेबाटै सी डिभिजन सुरु हुनुपर्ने भएपनि तयारी खर्च उपलब्ध नभएसम्म क्लबहरुले लिग नखेल्ने भनेपछि एन्फाले वैशाख ९ गतेका लागि लिग सारेको थियो । एन्फा निर्वाचन भने असार ६ गतेका लागि तय भएको छ ।

२०७५ वैशाखमा एन्फाको पछिल्लो निर्वाचित कार्यसमितिले शर्मालाई लिग संयोजकको जिम्मेवारी दिएको थियो । ‘लिग प्रतियोगिता जस्तो महत्वपूर्ण कमिटीमा रहि स्वच्छिक रुपले विगत केहि वर्ष देखि कार्य गर्दै आएको कुरा सर्वविदितै छ ,’ शर्माले एन्फा अध्यक्षलाई दिएको राजीनामा पत्रमा भनेका थिए, ‘यसका साथ साथै विगतका वर्षको पहिलो र निकट भविष्यमा हुने गइरहेको दोस्रो संस्करणमा पनि काठमाडौं रेजर्स फुटबल क्लबमा आबद्ध भइ नेपाली फुटबललाई अझ वढि व्यवासायिक बनाउँदै एउटा उद्योगको रुपमा स्पापित गर्न क्रियाशिल पनि छु ।’

May 14, 2024

लिभरपुल बराबरीमा रोकियो

एजेन्सी – जोन डुरानले खेलको अन्त्यतिर २ गोल गरेपछि इंग्लिस प्रिमियर लिगमा सोमबार लिभरपुल एस्टन भिल्लासँग ३-३ को बराबरीमा रोकिएको छ। लिगको‌ उपाधि दौडबाट बाहिरी सकेको लिभरपुलले २ पटकको अग्रतालाई जोगाउन सकेन। दोस्रो मिनेटमा डामिना मार्टिनेजले आत्मघाती गोल गरेपछि लिभरपुलले अग्रता लियो । १२ औं मिनेटमा योरी टेलिमान्सले वले वाटिकन्सको पासमा गोल गर्दै एस्टन भिल्लालाई […]

May 13, 2024

क्लब लाइसेन्स पाएसँगै चर्च ब्वाइजले एएफसी प्रतियोगिता खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी क्लब लाइसेन्स पाएसँगै चर्च ब्वाइज युनाइटेडले एएफसि प्रतियोगिता खेल्न बाटो खुलेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार घोषणा गरेसँगै गत सिजनको लिग विजेता चर्च ब्वाइजले महादेशीय प्रतियोगिता खेल्न योग्य भएको हो । एन्फाले सोमबार सार्वजनिक गरेअनुसार चर्च ब्वाइज युनाइटेड र त्रिभुवन आर्मी फुटबल क्लबले आवश्यक मापदण्ड पूरा […]

May 13, 2024

च्याम्पियन पिएसजीको हार

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) किलियन एमबाप्पेको गोलका बाबजुद पराजित भएको छ। फ्रान्सेली च्याम्पियन पिएसजी आइतबार टुलुजसँग ३-१ गोलले पराजित भएको हो । पिएसजी छोड्ने घोषणा गरिसकेका एमबाप्पेले खेलको आठौं मिनेटमा गोल गरेका थिए। तर टुलुजका थिज्स डलिङ्गाबाट १३ औं मिनेटमा बराबरी गोल फर्काए । यान गोबोहोको गोलबाट टुलुजले ६८ औं मिनेटमा अग्रता लिएको […]

Success

Thank you for your time.