4 years ago
April 22, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको राष्ट्रिय महिला भलिबल टोली र महिला फुटबल टोलीले पहिलोपटक एसियाली खेलकुद (एसियाड) मा सहभागिता जनाउने भएका छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को शुक्रबार बसेको १ सय १२औं बोर्ड बैठकले आगामी भदौ २५ देखि असोज ९ गतेसम्म चीनको हाग्ंजोउ शहरमा आयोजना हुने १९औं एसियाडमा महिला भलिबल टोली र महिला फुटबलसहित २३ खेल सहभागी गराउने निर्णय गरेको छ ।
यसअघि पुरुष भलिबल टोली र फुटबल टोलीले एसियाडमा भाग लिइसकेका छन् । यसपटकको फुटबल र भलिबलका पुरुष टोलीले एसियाड खेल्ने छैनन् । महिला राष्ट्रिय भलिबल टोलीले गत पुसमा बंगलादेशमा भएको सेन्ट्रल जोन च्यालेन्ज कपको उपाधि जितेर फर्कदा युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज ‘अथक’ले महिला टोलीलाई एसियन गेम्समा सहभागिता गराउने वचन दिएका थिए ।
महिला भलिबलका लागि यो नै अब सबैभन्दा ठुलो प्रतियोगिता हुनेछ । महिला भलिबल टोलीले पाँचपटक दक्षिण एसियाली खेलकुद (साग) खेल्दा एकमा रजत र चारपटक कास्यपदक जितेको छ । दुईपटक सेन्ट्रल जोन खेल्दा दुवैपटक अपराजित रहेर च्याम्पियन बनेको थियो ।
नेपालले सन् २०१७ माल्दिभ्समा भएको वुमन्स वल्ड एसियन सेन्ट्रल जोन क्वालिफायर पनि खेलेको छ । यस्तै विभिन्न आधिकारिक र मैत्रीपूर्ण खेल पनि खेलेको छ ।
पुरुष भलिबल टोलीले ३२ वर्षपछि सन् २०१८ मा इन्डोनेसियामा भएको एसियन गेम्समा प्रतिस्पर्धा गर्दा १५औं स्थान हासिल गरेको थियो । त्यतिबेला पुरुष भलिबलमा २० राष्ट्रको सहभागिता रहेको थियो । १८औं एसियन गेम्सका पुरुष फुटबल टोलीको प्रदर्शन फितलो नै रहेको थियो ।
१९ औं एसियाडमा नेपालले भाग लिने खेल
तेक्वान्दो, कराँते, बक्सिङ, एथलेटिक्स, साईक्लिङ, महिला फुटबल, गल्फ, कुस्ती, भारत्तोलन, जुडो, पौडी, ट्रायथेलेन, उसु, आर्चरी, बास्केटबल, कबड्डि, फेन्सीङ, ह्याण्डबल, टेबल टेनिस, महिला भलिबल, पुरुष क्रिकेट, सुटिङ र ब्याडमिन्टनमा सहभागीता जनाउने निर्णय गरेको हो ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]