3 years ago
May 8, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय टोली प्रशिक्षणमा भारतीय सेनाबाट बोलाइएका नेपाली नागरिक भविन्द्र मल्ल ठकुरीले केही दिनमा नै क्याम्प छोडेका छन् । उनले आफू विवादमा नफस्ने कारण देखाउँदै प्रशिक्षण क्याम्प छाडेका हुन् ।
राष्ट्रिय टोलीका खेलाडीले बन्द प्रशिक्षणका क्रममा मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीसँग विवाद भएपछि १० खेलाडी बन्द प्रशिक्षणबाट बाहिर रहेका छन् । एन्फाले यस घटनाबारे छानविन गरिरहेको छ । कप्तान तथा गोलरक्षक किरण चेम्जोङले पनि खेलाडीकै पक्षमा आवाज उठाएका छन् र उनी बन्द प्रशिक्षणमा सहभागी हुने-नहुने टुंगो छैन ।
अर्कोतर्फ प्रशिक्षकले दोस्रो सुचिमा बोलाएका गोलरक्षक विकेश कुथुले पनि क्याम्पमा जान असमर्थता जनाएपछि भारतीय सेनामा कार्यरत भविन्द्र मल्ल ठकुरीलाई सामेल गरिएको थियो । तर उनले केहि दिन नबित्दै क्याम्प छोडेका छन् । उनले शुक्रबार अफ्रिकी खेलाडीसंग मैत्रीपूर्ण खेलमा समेत खेलेका थिए । उनले क्याम्प छोडेसँगै अब प्रशिक्षण क्याम्पमा दीप कार्की, विशाल सुनार र अभिषेक बराल गोलरक्षक छन् ।
भविन्द्रले शनिबार सामाजिक संजाल फेसबुकमा स्ट्याटस लेख्दै प्रशिक्षक छाडेका हुन् । उनले लेखेका छन्, ‘कोहि पनि विवादमा फस्न चाहदैन, विशेषगरी खेलकुदमा । म विवादित व्यक्ति बन्न चाहन्न । कहिलेकाहीं तपाईंले कठोर निर्णय लिनुपर्छ जसले भविष्यमा करिअरमा सहयोग गर्छ । राम्रो भविष्य र नेपाली फुटबलको राजनीतिलाई छान्दा मैले आफ्नो परिवारको भविष्य रोजेको छु । एएफसी छनोटका लागि शुभकामना । जय नेपाल ।’
आइतबार नै उनले अर्को स्ट्याटस लेख्दै भारतीय सेनाले अन्य देश जाने स्वीकृति नदिएको र १० वर्षको जागिर छोड्न पनि नसकेको बताए । उनले आफूलाई विवादमा नपार्न आग्रह गर्दै नेपालमा सयौं गोलरक्षक रहेको बताए । उनले देशका लागि खेल्ने सपना भएपनि २-३ दिन खेलेपछि भविष्यको निधो नरहेको अभिव्यक्ति दिए ।
प्रशिक्षण क्याम्पमा हाल रहेका ४ खेलाडीले पनि अलमुताइरी र खेलाडीबीच घटनाबारे आफ्नो असन्तुष्टि सामाजिक संजालमा लेखेका थिए । त्यसमध्य एरिक विष्ट र दिप कार्कीले स्ट्याटस हटाइसकेका छन् । पुजन उपरकोटी र दर्शन गुरुङ भने प्रशिक्षणमा छन् ।
एन्फाले यस विवादबारे छानविन गर्न एक सदस्यीय समिति पनि गठन गरिसकेको छ । यसै साताभित्र निर्णय आउने बुझिएको छ ।
December 11, 2024
एजेन्सी – साविक विजेता रियल म्याड्रिड, बार्यन म्युनिख, लिभरपुलले च्याम्पियन्सिप लिगमा मंगलवार जित निकालेका छन् । रियलले अटलान्टालाई ३-२ ले पराजित गर्यो । बार्यनले शख्तर डोनेस्कलाई ५-१ ले हरायो। शीर्ष स्थानकोलिभरपुलले जिरोनालाई १-० ले पराजित गर्यो। १० औं मिनेटमा केलियन एम्बाप्पेको गोलबाट रियलले अग्रता लियो। च्याम्पियन्स लिगमा एमबाप्पेको त्यो ५० औं गोल हो। तर पहिलो […]
December 10, 2024
पोखरा (हाम्रो खेलकुद)- सहारा क्लबको आयोजनामा हुने २४ औं आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने भएको छ । पोखरा रंगशालामा माघ २२ गतेदेखि फागुन ३ गते सम्म आहा रारा पोखरा गोल्ड कपको प्रत्यक्ष प्रसारणका लागि सहारा र खेलकुदको अनलाइन पोर्टल हाम्रो खेलकुदबीच सम्झौता भएको क्लबका महासचिव रामजी प्रसाद अधिकारीले […]
December 10, 2024
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला सुपर लिग अर्को महिना सुरु हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारी र सुपर लिग खेल्ने ५ टोलीका प्रतिनिधिबीच मंगलवार भएको संयुक्त बैठकले पुस १८ देखि माघ १६ गतेसम्म सुपर लिग गर्ने निर्णय भएको एन्फाले जनाएको छ। यसअघि भएको महिला लिगको शीर्ष ५ रहेका मध्ये पाँचौं स्थानमा रहेको […]