default_image

4 years ago

May 14, 2022

लेवान्डोस्कीको बार्सिलोना जाने इच्छा

172 views

0 Bookmark

एजेन्सी – जर्मन च्याम्पियन बायर्न म्युनिखका फरवार्ड रोबर्ट लेवान्डोस्कीले क्याटलान क्लब बार्सिलोना जाने इच्छा व्यक्त गरेका छन् ।

बायर्नमा २०२२/२३ सिजनको अन्त्यसम्मका लागि सम्झौता रहेका लेवान्डोस्कीले सम्झौता नविकरण नगर्ने क्लबलाई प्रष्ट पारेका छन् । बायर्नले पनि अर्को सिजन सित्तैमा छोड्नुभन्दा यसै सिजन उनलाई अन्यत्र बेच्नेबारे सोच बनाएको छ । लेवान्डोस्कीले आफ्नो सम्झौताको आर्थिक पाटोमा कुनै समस्या नरहेको र नयाँ चुनौतीका लागि सम्झौता नविकरण नगरेको बताएका छन् ।

स्काई जर्मनीका अनुसार लेवान्डोस्कीले क्लबलाई आफू बार्सिलोना जान इच्छुक रहेको पनि बताएका छन् । गत महिना मात्र बायर्नका कार्यकारी प्रमुख ओलिभर कानले लेवान्डोस्कीले क्लब नछाड्ने बताएका थिए । तर उनले बताए अनुसार दुई पक्षबीच नयाँ सम्झौता हुन नसक्दा लेवान्डोस्कीले क्लब छाड्ने अवस्था आएको हो ।

सन् २०१४ मा बोरुसिया डर्टमुन्ड छाडेर बायर्न म्युनिख आएका पोलिस फरवार्डले सबै सिजन लिग उपाधि जिते । यसक्रममा उनले क्लबका लागि ३ सय ४३ गोल गरेका छन् । ३३ वर्षीय लेवान्डोस्कीले यसक्रममा तीन पटक जर्मन कपको उपाधि जित्नुका साथै पछिल्लो पाँच सिजन नै सर्वाधिक गोलकर्ताको उपाधि जित्न सफल भए ।

यता बार्सिलोना पनि विश्व स्तरीय फरवार्डको खोजीमा रहेको छ । लिओनेल मेस्सीको प्रस्थान र सर्जियो अगुएरो संन्यास लिन पुग्दा क्लबको आक्रमण केहि कमजोर भएको छ । क्लबले युवा खेलाडी भन्दापनि हाललाई प्रदर्शन गर्न सक्ने अनुभवी फरवार्ड खोजिरहेको छ । लेवान्डोस्कीको इच्छा र बार्सिलोनाको आवश्यकता पूर्ति हुने कारण पनि ट्रान्सफर सम्भव देखिन्छ ।

यो पनि : एमबाप्पेको रियल म्याड्रिडबाट खेल्ने सपनामा पिएसजी तगारो

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.