default_image

2 years ago

May 18, 2022

पूनरागमन जितसँगै लिभरपुल उपाधि होडमा

एजेन्सी – घरेलु टोली साउथह्याम्टनसँग पछि परेको स्थिति उल्ट्याएर जित निकाल्दै लिभरपुल इंग्लिस प्रिमियर लिगको उपाधि होडमै फर्किएको छ । एनफिल्डमा मंगलबार राति भएको खेलमा लिभरपुलले घरेलु टोलीमाथि २–१ को पूनरागमन जित निकालेको हो । लिभरपुलको जितमा ताकुमी मिनामिनो र जोएल मटिपले गोल गर्दा घरेलु टोली साउथह्याम्टनका नाथन रेडमन्डको गोल सान्त्वना बन्यो । सेन्ट मेरिज […]

138 views

0 Bookmark

एजेन्सी – घरेलु टोली साउथह्याम्टनसँग पछि परेको स्थिति उल्ट्याएर जित निकाल्दै लिभरपुल इंग्लिस प्रिमियर लिगको उपाधि होडमै फर्किएको छ ।

एनफिल्डमा मंगलबार राति भएको खेलमा लिभरपुलले घरेलु टोलीमाथि २–१ को पूनरागमन जित निकालेको हो । लिभरपुलको जितमा ताकुमी मिनामिनो र जोएल मटिपले गोल गर्दा घरेलु टोली साउथह्याम्टनका नाथन रेडमन्डको गोल सान्त्वना बन्यो ।

सेन्ट मेरिज स्टेडियम साउथह्याम्टनमा घरेलु टोलीले खेलको १३औं मिनेटमा नाथन रेडमन्डको गोलबाट अग्रता लिएको थियो । उनले नाथन टेलाको पासमा गोल गर्न सफल भएका थिए ।

त्यसपछि लिभरपुलले २७औं मिनेटमा बराबरी गोल फर्काउन सफल भयो । मुख्य फरवार्डद्धय मोहम्मद सलाह र साडियो माने टोलीमा नहुदा पहिलो रोजाईमा मौका पाएका ताकुमी मिनामिनोले डिएगो जोटाको पासमा बराबरी गोल गर्न सफल भएका थिए ।

६७औं मिनेटमा जोएल मटिपले गोल गर्दै लिभरपुलको पूनरागमन जित पक्का गरे । कोन्सटानटिनोस सिमिकासको क्रसमा इलयुनोउसीले क्लियर गर्न नसकेको बललाई मटिपले हेडरमार्फत गोल गर्न सफल हुँदा गोलरक्षक एलेक्स म्याकर्थीले बचाउन सकेनन् ।

यो जितले लिभरपुलले अब लिगको एक चरणको खेल बाँकी रहँदा शीर्षस्थानको म्यानचेस्टर सिटीसँगको अंक दुरी १ मा छोट्याएको छ । लिभरपुलको ३७ खेलबाट ८९ तथा सिटीको ९० अंक छ ।

अब प्रिमियर लिगको उपाधि छिनोफानो अन्तिम म्याच डेबाटै हुने भएको छ । लिभरपुललाई च्याम्पियन बन्न अन्तिम म्याच डेमा जित तथा शीर्षस्थानमा रहेको सिटीले हंक गुमाउनुपर्नेछ । लिभरपुलले जित तथा सिटीले बराबरी या हार भोगेको अवस्थामा लिभरपुल च्याम्पियन बन्नेछ ।

सिटीले जित निकालेको अवस्थामा लिभरपुलले जित निकालेपनि च्याम्पियन बन्न पर्याप्त हुनेछैन । अन्तिम म्याच डेमा लिभरपुलले घरेलु मैदानमा वल्भ्ससँग तथा सिटीले घरेलु मैदानमै एस्टन भिल्लासँग खेल्दैछ । दुवै खेल २२ मेमा एकै समय राति ८ः४५ बजे हुनेछ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.