default_image

2 years ago

June 5, 2022

माने सर्वाधिक गोलकर्ता

एजेन्सी – इंग्लिस क्लब लिभरपुलका फरवार्ड साडियो माने सेनेगलको सर्वाधिक गोलकर्ता बनेका छन् । अफ्रिका कप अफ नेसन्सको छनोट चरणमा बेनिनमाथि ह्याट्रिक पुरा गरेसँगै माने सेनेगलको सर्वाधिक गोलकर्ता बनेका हुन् । सर्वाधिक गोलकर्ता बन्ने क्रममा ३० वर्षीय मानेले हेनरी कामराको कीर्तिमानलाई तोडेका हुन् । हेनरी कामराले १९९९ देखि २००८ सम्मको अवधिमा ९९ क्याप जित्दै २९ […]

146 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब लिभरपुलका फरवार्ड साडियो माने सेनेगलको सर्वाधिक गोलकर्ता बनेका छन् । अफ्रिका कप अफ नेसन्सको छनोट चरणमा बेनिनमाथि ह्याट्रिक पुरा गरेसँगै माने सेनेगलको सर्वाधिक गोलकर्ता बनेका हुन् ।

सर्वाधिक गोलकर्ता बन्ने क्रममा ३० वर्षीय मानेले हेनरी कामराको कीर्तिमानलाई तोडेका हुन् । हेनरी कामराले १९९९ देखि २००८ सम्मको अवधिमा ९९ क्याप जित्दै २९ गोल गरेका थिए । २०१२ देखि सेनेगलको राष्ट्रिय टोलीमा रहेका मानेले ९० खेलमै ३२ गोल गर्दै कीर्तिमान आफ्नो नाममा लेखाएका हुन् ।

बेनिनविरुद्ध खेलको १२औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै हेनरी कामराको कीर्तिमान तोडे । त्यसपछि मानेले २२औं र ६०औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेपछि सर्वाधिक गोलकर्तामा ३ गोलको अग्रता बनाउन सफल भयो ।

लिभरपुलमा मानेको सम्झौता एक वर्ष बाँकी रहेको छ । तर, मानेले लिभरपुल छाड्ने मनासय बनाएका छन् । बिल्डका अनुसार माने बुन्डेसलिगा क्लब बायर्न म्युनिखसँग नजिकिएका छन् ।

मानेको लागि फ्रान्सेली क्लब पीएसजीले आकर्षक प्रस्ताव अघि सारेको छ । तर, माने बायर्नमा जान उत्सुक छन् । बायर्नले आफ्ना प्रमुख फरवार्ड रोबर्ट लेवान्डोस्कीलाई गुमाइसकेको अवस्थामा मानेलाई नै अनुबन्ध गर्ने योजना बनाइरहेको छ ।

April 30, 2024

भिसा नभएका कारण राष्ट्रिय फुटबल टोली बेलायत उड्न पाएन!

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोली भिसा नभएका कारण बेलायत भ्रमणका लागि उड्न पाएको छैन । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार टोलीलाई भव्य समारोहबीच बिदा गरेपनि टोली भिसा नभएको कारण उड्न नपाएको हो । भिसा नआएका कारण मंगलबार विहान ९ बजे उड्ने भनिएको टोली निर्धारित उडान समयसम्म पनि होटेलमै रहेको छ […]

April 30, 2024

बार्सिलोनाको जितमा लेवान्डोस्कीको ह्याट्रिक

एजेन्सी –  बार्सिलोनाले स्पेनिस ला लिगामा सोमबार जित निकालेको छ। रोबर्ट लेवान्डोस्कीको ह्याट्रिकसँगै बार्सिलोनाले  भलेन्सियालाई ४-२ ले पराजित गरेको हो। बार्सिलोनाको लागि अर्को गोल फेर्मिन लोपेजले गरेका हुन् । त्यसैगरी भलेन्सियाका लागि हुगो डुरो र पेपेलुले गोल गरेका थिए। २२ औं मिनेटमा लोपेजको गोलबाट बार्सिलोना अघि लागेको हो। डुरोले २७ औं मिनेटमा बराबरी गोल गरे। […]

April 29, 2024

मनोहरा र खालीबारी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा सोमबार सम्पन्न खेलमा मनोहरा युनाइटेड युथ क्लब खालीबारी युथ क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा मनोहराले सानेपा क्लब माथि २-१ को जित निकाल्यो । मनोहराका लागि विवस मगर र लिला बहादुर थापा मगरले एक-एक गोल गरे । यस्तै निराजन जंग […]

Success

Thank you for your time.