2 years ago
June 16, 2022
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०२३ को छनोट खेलमा सहभागिता जनाएर नेपाली राष्ट्रिय फुटबल टोली आज (बिहीबार) स्वदेश फर्कदैछन् । छनोटमा सबै तीन खेलमा हार बेहोरेको नेपाली टोली बिहीबार बिहान १० बजेपछि कतार एअरलाइन्सबाट नेपाल आईपुग्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । ३१ सदस्यीय नेपाली टोली स्वदेश फर्कने भएपनि मुख्य […]
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०२३ को छनोट खेलमा सहभागिता जनाएर नेपाली राष्ट्रिय फुटबल टोली आज (बिहीबार) स्वदेश फर्कदैछन् ।
छनोटमा सबै तीन खेलमा हार बेहोरेको नेपाली टोली बिहीबार बिहान १० बजेपछि कतार एअरलाइन्सबाट नेपाल आईपुग्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
३१ सदस्यीय नेपाली टोली स्वदेश फर्कने भएपनि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी भने कुवेतमै बसेका छन् । प्रशिक्षक अलमुताइरी एन्फासँग बिदा लिएर आफ्नो देश कुवेतमै बसेका हुन् ।
सिनियर ११ खेलाडीविनै कुवेत भ्रमणमा पुगेको नेपाल समूह ‘ए’ मा जित र अंकविहीन बन्दै पुछारमा रह्यो । छनोटको पहिलो खेलमा नेपाल जोर्डनसँग २–० ले पराजित भएको नेपालले दोस्रो खेलमा नेपाल आयोजक कुवेतसँग ४–१ ले पराजित भएको थियो ।
उक्त खेलमा दर्शन गुरुङले ४० वर्षपछि कुवेतविरुद्ध गोल गर्ने कीर्तिमान बनाएका थिए । ४० वर्षअघि वाइवी घलेले कुवेतविरुद्ध पहिलो गोल गरेका थिए । त्यो नेपालले अन्तर्राष्ट्रिय फुटबलमा गरेको पहिलो गोल हो ।
तेस्रो तथा अन्तिम खेलमा नेपाल इन्डोनेसियासँग ७–० को भारी अन्तरले पराजित हुन पुगेको थियो । इन्डोनेसियासँगको खेलमा नेपाल पहिलो हाफमै १० खेलाडीमा समेटिन पुग्दा फराकिलो हार बेहोर्न पुगेको थियो ।
April 26, 2024
सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]
April 26, 2024
एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]
April 25, 2024
विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]