default_image

2 years ago

June 26, 2022

एभिनियर र हेम्जा शुभकामना गोल्डकपको उपाधिका लागि भिड्दै

पोखरा (हाम्रो खेलकुद) – छैटौं नेपाल आइस अन्तर्राष्ट्रिय आमन्त्रण शुभकामना हेम्जा गोल्डकपको उपाधिका लागि आज (आइतबार) क्यामरुनी क्लब एभिनियर एफसी डोउला र आयोजक हेम्जा युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ । फाइनल पोखरास्थित गौरीशंकर खेलमैदानमा हुनेछ । शनिबारै फाइनल खेल हुनुपर्ने भएपनि क्लबको स्थापनाकालदेखिकै सहयोगी अरविन कुँवरको दुर्घटनामा परि निधन भएपछि फाइनल एक दिन पछि सारिएको थियो । […]

104 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – छैटौं नेपाल आइस अन्तर्राष्ट्रिय आमन्त्रण शुभकामना हेम्जा गोल्डकपको उपाधिका लागि आज (आइतबार) क्यामरुनी क्लब एभिनियर एफसी डोउला र आयोजक हेम्जा युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ ।

फाइनल पोखरास्थित गौरीशंकर खेलमैदानमा हुनेछ । शनिबारै फाइनल खेल हुनुपर्ने भएपनि क्लबको स्थापनाकालदेखिकै सहयोगी अरविन कुँवरको दुर्घटनामा परि निधन भएपछि फाइनल एक दिन पछि सारिएको थियो ।

हेम्जाले सेमिफाइनलमा खुमलटार युथ क्लबलाई २–० ले तथा एभिनियरले चर्च ब्वाइज क्लबलाई २–१ ले पराजित गर्दै फाइनल भिडन्त पक्का गरेको हो ।

फाइनल खेल अघि शुक्रबार गरिएको पत्रकार सम्मेलनमा आयोजक हेम्जा युनाइटेडका प्रशिक्षक सुवर्ण जंग कार्कीले एभिनियर शारिरीक रुपमा बलियो रहेपनि टोली फाइनलको लागि तयार रहेको बताएका छन् । एभिनियरका प्रशिक्षक आसिक थापा मगरले फाइनल खेल बराबरीको हुने प्रतिक्रिया दिएका छन् ।

असार असार ४ गतेदेखी सुरु भएको प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा विभागिय क्लब एपिएफ, चर्च ब्वाइज, क्यामरुनी क्लब एभिनियर एफसी डोउला, खुमलटार, कालिका स्पोट्र्स चितवन, बागमती युवा क्लब सर्लाही, विरगंज युनाइटेड र आयोजक हेम्जा युनाइटेड को सहभागिता रहेको थियो ।

प्रतियोगिताको विजेताले ६ लाख रुपैयाँसँगै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले नगद ३ लाख रुपैयाँसँगै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँको साथमा ट्रफी प्राप्त गर्नेछन् ।

सर्वाधिक गोलकर्ताले २५ हजार रुपैयाँ तथा उत्कृष्ट डिफेनडर, फिडफिल्डर, फरवार्ड, गोलरक्षक तथा उदीयमान खेलाडीले २०–२० हजार रुपैयाँ प्राप्त गर्नेछन् । अनुशासित टिमले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.